Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

‘पुल बन्न थालेपछि  दाङका स्थानीय खुसी’


तुलसीपुर,दाङ। दाङको बबई गाउँपालिका–२ स्थित ठूलाचौर गाउँका नागरिक वर्षाको समयमा ट्वाङखोलामा आउने भेलले आवागमन ठप्प हुने गरेको थियो ।

लुम्बिनी प्रदेश सरकारको रु ४६ लाख लागतमा उक्त खोलामा झोलुङ्गे पुल निर्माण हुन थालेपछि स्थानीय खुसी भएका छन् । आगामी वैशाखमा सक्नेगरी झोलुङ्गे पुल निर्माण सुरु भएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए ।

त्यस्तै, घुरिनडाँडा–ठुलचौर जोड्ने गरी झुलुङ्गे पुल निर्माण सुरु भएको हो । ठूलाचौरमा करिब २० घर छन् भने यहाँका करिब ३५ जना विद्यार्थी नियमित उक्त पुलको बाटो भएर विद्यालय जाने गरेका छन् ।

सो पुल नहुँदा विद्यार्थीहरु वर्खा लाग्यो भने पढ्नबाट वञ्चित हुन्छन् । “गाउँमा कोही बिरामी परे पनि कसरी अस्पतालसम्म लैजाने भन्ने चिन्ता हुन्छ । वारी विद्यालय, पारी गाउँ छ”, स्थानीय गङ्गाराम विकले भन्नुभयो, “पुल नहुँदा वारीबाट पारी हेर्ने मात्रै हुन्छ, पुग्न सकिदैन ।” पुल बन्ने भएपछि खुसी मिलेको उनको भनाइ रहको थियो ।

त्यस्तै, वर्षामा आउने खोलाले यहाँको दुई गाउँलाई अलग गराउने स्थानीय बताउँछन् । बबई–२ मा पर्ने ठूलाचौरका नागरिक वर्षामा वारीपारि गर्न सक्दैनन् ।

खोलामा पुल नुहुँदा यसरी वर्षेनी समस्या भोग्नु परेको उनको भनाइ थियो भने उक्त पुल निर्माण भइरहेको भन्दै समयमै सम्पन्न भए वर्षामा आवागमन सहज हुने उनले बताएका छन् ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?