Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

चिलीमा भीषण आगलागी: एक हजारभन्दा धेरै घर जले, कम्तिमा ५१ जनाको मृत्यु


काठमाडौं। मध्य चिलीमा जङ्गलमा लागेको आगोले भीषण रुप लिँदा कम्तिमा पनि ५१ जनाको मृत्यु भएको छ ।

उक्त आगलागीका कारण शनिबार करिब १ हजार १ सय घर जलेर नष्ट भएको छ भने मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले जनाएका छन् । प्रभावित क्षेत्रमा उद्धार टोली पुग्ने सकेको छैन । त्यस्तै, करिब १० लाख बासिन्दाको घर रहेको भाल्पराइसो क्षेत्रका धेरै भागहरूमा कालो धुँवा आकाशमा उडिरहेको छ भने अग्नी नियन्त्रक हेलिकप्टर र ट्रकहरु प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको छ, तर कठिन भएको छ ।

चिलीका गृहमन्त्री क्यारोलिना तोहाले देशको मध्य र दक्षिणी क्षेत्रका ९२ वटा जङ्गलमा आगो लागेको, र त्यसले भीषण रुप लिँदा एक हजारभन्दा धेरै घरहरु जलेर नष्ट भएको पुष्टि गरिन् । उनका अनुसार मृत्यु हुनेको संख्या ५१ पुगिसकेको छ । ‘हाम्रो लागि सबैभन्दा ठूलो चिन्ताको विषय यो आगो सघन बस्तीमा फैलिँदै गएको छ । जसका कारण मानिस, घर र सुविधामा असर परिरहेको छ,’ उनले भनेकी छन् ।

चिलीमा जङ्गलमा आगलागी हुनु सामान्य कुरा हो । गत वर्ष आगोले २७ जनाको ज्यान गएको थियो भने चार लाख हेक्टरभन्दा बढी जमिन प्रभावित भएको थियो । गृहमन्त्री तोहाले गत वर्षको तुलनामा यसपटक आगलागीको क्षेत्र निकै कम भए पनि तीव्र गतिमा फैलिरहेको बताइन् ।

चिलीका राष्ट्रपति गेब्रियल बोरिकले राष्ट्रलाई टेलिभिजन सम्बोधन मार्फत् स्थिति धेरै गाह्रो अवस्थामा पुगेको बताएका छन् ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?