Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

विराटनगरमा मोटरसाइकल चोरीमा संलग्न व्यक्ति पक्राउ


मोरङ। विराटनगर महानगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा भारत अररिया बस्ने ३५ वर्षीय सिकन्दर मण्डललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर क्षेत्रबाट मोटरसाइकल चोरी भएको घटनाको जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनको संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । उक्त मोटरसाइकल चोरी गरी नम्बर प्लेट फाली भारततर्फ लैजाने उद्देश्यले विराटनगर महानगरपालिका९१४ स्थित लुकाई राखेको अवस्थामा २ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

उक्त मण्डलले लामो समयदेखि नेपालको सीमा क्षेत्रबाट संगठित रूपमा गिरोह परिचालन गरी मोटरसाइकल चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनी उपर चोरी मुद्दामा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

 


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?