Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

शीर्ष गीतमा यस्तो देखियो रेखाको ‘उपहार’


काठमाडौं। फागुन २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘उपहार’ । अभिनेत्री रेखा थापाको निर्माता तथा अभिनय रहेको फिल्मको शीर्ष गीत ‘हेरेको छैन’ सार्वजनिक भएको छ ।

रविन भुसालको स्वर, अर्जुन पोख्रेलको सङ्गीत तथा प्रमोद ढुङ्गानाको शब्द रहेको गीतमा रेखाको अलवा बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल र सुष्मा कार्की देखिएका छन् । त्यस्तै, कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको शब्द सजिलै सम्झन सक्ने खालका छन् भने उक्त गीतको भिडियोले फिल्म भित्र रहेको पात्रहरूको उतारचढाव समेत बोलेको छ ।

उक्त फिल्ममा रेखा, बेनिशा, पूजा, मुकुन, र सुष्माको अलवा तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुषाल लगायतको अभिनय रहेको छ भनेअभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन् ।

रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायाङ्कन, अर्जुन पोख्रेल र बाबुल गिरीको सङ्गीत, मित्र डी गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

त्यसैगरी, ज्ञानेन्द्र देउजाको निर्देशन रहेको ‘उपहार’ सामाजिक विषयवस्तुमा निर्माण भएको हो । प्रेमकथा, कमेडीदेखि रोदनसम्म सबै विषयवस्तु समेटिएको फिल्म निर्देशक देउजाको निर्देशन रहेको १७औँ  फिल्म हो । सो फिल्म हरेक किसिमका दर्शकका लागि मध्यनजर गरेर निर्माण भएको निर्देशक देउजा बताउँछन् ।

सो फिल्म प्रदर्शनका लागि आउन लागेका पनि अभिनेत्री रेखा भने अमेरिकामा छिन् । पहिलो सन्तानको जन्मदिन उनी अमेरिका पुगेकी हुन् ।


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?