Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

‘लेवल’बिनाका खुला मिठाई बिक्रीमा रोक


तनहुँ। जिल्ला प्रशासन कार्यालय तनहुँले ‘लेवल’ बिनाका खुला मिठाई बिक्रीमा रोक लगाएको छ ।

काठमाडौंका पेटी, हाटबजार, मेलालगायतमा खुलारूपमा बिक्री हुँदै आएको रङ्गीन कटन क्यान्डी (चिनीमा रङ मिसाइ रेसा गरी बनाइएको भुवादार मिठाई) मा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रङ ‘रोडमाइन बी’ प्रयोग भएको पाइएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले बुधबार तनहुँ क्षेत्रमा समेत कटन क्यान्डी बिक्री हुनसक्ने भन्दै रोक लगाएको हो ।

उक्त जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज अधिकारीद्वारा जारी विज्ञप्तिमा प्याक नगरिएको र लेवल समेत नराखी बजारमा बिक्री गरिएको रङ्गीन कटन क्यान्डी नखान सबैमा आग्रह गरिएको छ । “कटन क्यान्डीका उत्पादकले आफ्नो उत्पादनलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा जाँच गरी खाद्य अनुज्ञापत्र लिएर मात्र बिक्री वितरण गर्न अनुरोध छ, अन्यथा मातहतको निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तनहुँबाट कानुनबमोजिम कारबाही हुने व्यहोरा अनुरोध छ”, जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै, सहायक प्रजिअ अधिकारीले उपभोक्ता हितविपरीतका कार्यलाई निरुत्साहित गर्न स्वयं उपभोक्ता समेत सचेत बन्नुपर्नेमा जोड दिए । “अखाद्य पदार्थको सहज बिक्री रोक्न उपभोक्ता र नागरिक समाजको ठूलो हात रहन्छ”, सहायक प्रजिअ अधिकारीले भने, “उपभोक्ता हितविपरीतको कार्यमा हामीले सूचना पाए तुरुन्तै अनुगमन र कानुनी कारबाही प्रक्रियामा जान्छौँ ।”

तनहुँका मुख्य बजार दमौली, दुलेगौँडा, खैरेनीटार, आँबुखैरेनी, डुम्रे, भिमादलगायत क्षेत्रमा बिना लेवल र प्याक नगरी खुलारूपमा रङ्गीन कटन क्यान्डी बिक्री गरिँदै आएको र जिल्ला प्रशासन कार्यालयको बिक्री नगर्न सूचना जारी गर्नु प्रभावकारी निर्णय भएको उपभोक्ता हित संरक्षण मञ्च तनहुँका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले बताएका छन् ।

 


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?