Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु


काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोरङ, कपिलवस्तु र नवलपरासी पूर्वमा दुर्घटना भएका हुन् ।

नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-६ माईली साईली चोकमा ना.१ च ३६६७ नम्बरको साइन बोर्डिङ स्कुलको भ्यानको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने शोभा थापा मगरको छोरा ५ वर्षीय स्वस्थी बाचेको बुधबार दिउँसो मृत्यु भएको छ ।

उक्त ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यसैगरी कपिलवस्तुको महाराजगन्ज नगरपालिका-२ बर्गदास्थित सडकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने नाईम तेली मुसलमानकी छोरी ७ वर्षीया तैहब्बा मुसलमानको बुधबार साँझ मृत्यु भएको छ । सो ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

मोरङको ग्रामथान गाउँपालिका-२ स्थित सडकमा कटहरीबाट झोराहाटतर्फ जाँदै गरेको मे.१ त ७०५९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-२ बस्ने १९ वर्षीय उपेश सरदारको बुधबार दिउँसो मृत्यु भएको छ ।

सो ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?