Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

यात्रुको पैसा चोरेको आरोपमा त्रिभुवन विमानस्थलबाट लोडर पक्राउ


काठमाडौं। यात्रुको पैसा चोरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लोडर पक्राउ परेका छन् ।  थाइल्यान्डको बैंकक उड्न लागेका यात्रुको पैसा चोरेको आरोपमा उनलाई पक्राउ गरिएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बैंक प्रस्थान गर्न लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा विमानस्थलमा नेपाल वायुसेवा निगमको लोडरको रूपमा कार्यरत दैलेख महावु गाउँपालिका–३ घर भई काठमाडौं काँडाघारी बस्ने ३५ वर्षीय देव बहादुर सुनार पक्राउ परेका हुन्।

उनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको थियो।


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?