Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

नेम्बाङलाई उपचारका लागि काठमाडौं लगियो


फुङलिङ,ताप्लेजुङ। प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्बाङ अकस्मात बिरामी परेपछि उपचारका लागि काठमाडौं लगिएको छ । उनलाई थप उपचारका लागि केहीबेर अघि हेलिकप्टरमा काठमाडौं लगिएको हो ।

नेकपा (एमाले) ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ आउनुभएका उनी अचानक बिरामी परेका हुन् । सांसद नेम्बाङलाई हेलिकप्टरमा काठमाडौं लैजाने तयारी भइरहेको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिए ।

उक्त जिल्ला अस्पतालले उनलाई उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान सुझाव दिएको अध्यक्ष थेबेले बताए । त्यस्तै, पाँचथरबाट निर्वाचित सांसद नेम्बाङ एमाले ताप्लेजुङको इञ्चार्ज समेत रहेका छन् । उनी आज बिहान फिदिमबाट ताप्लेजुङ पुगेका हुन् । खाना खाएर कार्यक्रममा जाने समयमा अचानक बिरामी परेपछि सांसद नेम्बाङलाई नजिकैको तमोर अस्पताल लगिएको थियो भने तमोर अस्पतालमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनीलाई जिल्ला अस्पताल लगिएको थियो ।

उक्त जिल्ला अधिवेशनलगायत विषयमा छलफल गर्न एमाले ताप्लेजुङको सचिवालय बैठक डाकिएको थियो । सोही बैठकका लागि सांसद नेम्बाङ फुङलिङ आउनुभएको अध्यक्ष थेबेले बताए।


प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?