Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा रहेका ११ जना सांसदहरु भारत भ्रमणमा जाँदै 


काठमाडौं। प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा रहेका सांसदहरु भारत भ्रमणमा जाने भएका छन् । भारतको निमन्त्रणमा समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा सांसदहरु आज त्यसतर्फ जान लागेका हुन् ।

त्यस्तै, एक हप्ताको भ्रमणमा उनीहरुले भारतीय विदेशमन्त्री एस.जयशंकरदेखि पर्यटन मन्त्री जी.किशन रेडीसँग भेटघाट गर्नुका साथै लोक सभाका अध्यक्ष ओम विरला र राज्यसभाका अध्यक्षसँग पनि छलफल गर्ने बताइएको छ ।

त्यसैगरी, भारतीय विदेशमन्त्री जयशंकरसँग भेटघाट गर्ने कार्यक्रम तय भएको बताउँदै उनले पर्यटन मन्त्रीसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको बताएका छन् । उक्त भ्रमण टोलीमा ११ जना सांसद रहने बताइएको छ भने उनीहरु ६ जनवरीमा स्वदेश फर्किने छन् ।

जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य समेत रहेका समितिका सभापति राजकिशोर यादवले भेटमा दुई देश बिचको सम्बन्धका विषयमा छलफल हुनुका साथै पर्यटकीय क्षेत्र घुमघाम गर्ने बताएका छन् ।

 

 

 


प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?