Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा रहेका ११ जना सांसदहरु भारत भ्रमणमा जाँदै 


काठमाडौं। प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा रहेका सांसदहरु भारत भ्रमणमा जाने भएका छन् । भारतको निमन्त्रणमा समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा सांसदहरु आज त्यसतर्फ जान लागेका हुन् ।

त्यस्तै, एक हप्ताको भ्रमणमा उनीहरुले भारतीय विदेशमन्त्री एस.जयशंकरदेखि पर्यटन मन्त्री जी.किशन रेडीसँग भेटघाट गर्नुका साथै लोक सभाका अध्यक्ष ओम विरला र राज्यसभाका अध्यक्षसँग पनि छलफल गर्ने बताइएको छ ।

त्यसैगरी, भारतीय विदेशमन्त्री जयशंकरसँग भेटघाट गर्ने कार्यक्रम तय भएको बताउँदै उनले पर्यटन मन्त्रीसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको बताएका छन् । उक्त भ्रमण टोलीमा ११ जना सांसद रहने बताइएको छ भने उनीहरु ६ जनवरीमा स्वदेश फर्किने छन् ।

जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य समेत रहेका समितिका सभापति राजकिशोर यादवले भेटमा दुई देश बिचको सम्बन्धका विषयमा छलफल हुनुका साथै पर्यटकीय क्षेत्र घुमघाम गर्ने बताएका छन् ।

 

 

 


प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?