Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

संसदीय उपसमितिको प्रतिवेदनमा सांसद डा. तोसिमाको पाँचबुँदे असहमति


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि संसदीय समितिले गठन गरेको उपसमितिको प्रतिवेदनप्रति असहमति राखेकी छन् ।

त्यसैगरी, सिटीइभिटी र चिकित्सा शिक्षा आयोग बीच पीसीएल नर्सिङ सम्बन्धन, नियमन, मापदण्ड लगायतका विवाद अध्ययन गरी सुझाव दिनका लागि माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको नेतृत्वमा उपसमिति गठन गरिएको थियो भने उपसमितिले चिकित्सा शिक्षा ऐन मर्म विपरीत र नर्सिङका गुणस्तरको मापदण्डमा खलल पुग्ने गरी सुझावहरु दिएकाले आफूले असहमति राखेको कार्कीले उल्लेख गरेकी छन् ।

गुणस्तर र प्रयोगात्मक शिक्षाका लागि १०० शय्या र ६० प्रतिशत शय्या अकुपाई भएको आफ्नो अस्पताल हुनुपर्ने राय राखिए पनि उपसमितिले त्यस विपरीत निर्णय लेखेको भन्दै उनले असहमति जनाएकी छन् । विज्ञ र सरोकारवालाको राय विपरीत एवम् चिकित्सा शिक्षा ऐनको मर्म विपरीत निर्णय लेखिएकाले आफ्नो असहमति रहेको उनले उल्लेख गरेकी छन् ।

उक्त समिति सभापतिलाई बुझाएको पत्रमा कार्कीले असहमतिका पाँच बुँदा उल्लेख गरेकी छन् भने सुझाव प्रतिवेदनमा हस्ताक्षर गर्न आफूले अस्विकार गरेपनि थप छलफल नै नगरी निर्णय कार्यान्वयनका लागि मन्त्रालय पठाइएको भन्दै उनले असहमति राखेकी छन् ।

सो संस्थालाई मापदण्ड पुगेता पनि नर्सिङ भर्ना गर्ने अनुमति नदिइएको भन्ने तथ्यांक खोजी गर्ने र त्यसो भएको हो भने सच्याउन निर्देशन दिनुपर्ने राय राखेकोमा तथ्यांक खोजी तर्फ उपसमितिले चासो नदिएको कार्कीले असहमतिमा लेखेकी छन् ।

 


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?