Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

अन्तरफर्म टी-२० क्रिकेट प्रतियोगिता हुने


काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले ११औँ एनसिएएसए अन्तरफर्म टी-२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। सो प्रतियोगिता यही माघ २२ देखि २९ गतेसम्म पुल्चोक ग्राउन्डमा हुनेछ ।

उक्त प्रतियोगितामा १५ भन्दा बढी टिमको सहभागिता रहने कार्यक्रम संयोजक उत्सव देवकोटाले जानकारी दिएका छन् । क्यान, आइसिएआइ, एसिसिएका सदस्य साथै विद्यार्थीले उक्त प्रतियोगितामा भाग लिन पाउने छन् ।

प्रतियोगितामा पाँच हजार बढी दर्शकको उपस्थिति हुने अनुमान गरिएको छ । २५ हजार प्रवेश शुल्क राखिएको प्रतियोगितामा विजेतालाई एकलाख रुपैयाँ र उपविजेतालाई ५० हजार नगद साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सर्वाधिक रन स्कोरर, सर्वाधिक विकेट टेकर र प्लेयर अफ द टुर्नामेन्टको अवार्ड पनि प्रदान गरिने छ भने सो टिम प्रवेशका लागि माघ १५ गते भित्र रजिस्ट्रेसन फारम भरिसक्नुपर्ने छ ।


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?