Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

अन्तरफर्म टी-२० क्रिकेट प्रतियोगिता हुने


काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले ११औँ एनसिएएसए अन्तरफर्म टी-२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। सो प्रतियोगिता यही माघ २२ देखि २९ गतेसम्म पुल्चोक ग्राउन्डमा हुनेछ ।

उक्त प्रतियोगितामा १५ भन्दा बढी टिमको सहभागिता रहने कार्यक्रम संयोजक उत्सव देवकोटाले जानकारी दिएका छन् । क्यान, आइसिएआइ, एसिसिएका सदस्य साथै विद्यार्थीले उक्त प्रतियोगितामा भाग लिन पाउने छन् ।

प्रतियोगितामा पाँच हजार बढी दर्शकको उपस्थिति हुने अनुमान गरिएको छ । २५ हजार प्रवेश शुल्क राखिएको प्रतियोगितामा विजेतालाई एकलाख रुपैयाँ र उपविजेतालाई ५० हजार नगद साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सर्वाधिक रन स्कोरर, सर्वाधिक विकेट टेकर र प्लेयर अफ द टुर्नामेन्टको अवार्ड पनि प्रदान गरिने छ भने सो टिम प्रवेशका लागि माघ १५ गते भित्र रजिस्ट्रेसन फारम भरिसक्नुपर्ने छ ।


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?