Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नवप्रर्वतनलाई जोड दिँदै आविष्कार केन्द्र


गण्डकी। अनुसन्धान, अन्वेषण तथा आविष्कारका गतिविधि प्रवर्द्धन गर्दै शिक्षण, अनुसन्धान र समुदायमा आधारित जीवनोपयोगी अनुसन्धान कार्य गर्ने उद्देश्यले गण्डकी विश्वविद्यालयले आविष्कार केन्द्रमार्फत आफ्ना गतिविधि बढाएको छ ।

विश्वविद्यालयले सन् २०२१ मा अनुसन्धान केन्द्र, आविष्कार र आविष्कार केन्द्र (आरसी–आइआई) स्थापना गर्दै समयसापेक्ष नयाँ प्रविधि तथा नवप्रर्वतनलाई जोड दिँदै सैद्धान्तिक ज्ञानलाई अनुसन्धान, अन्वेषण तथा आविष्कारसँग जोडेको विश्वविद्यालयका रजिष्ट्रार डा. कैलाश
तिमिल्सिनाले जानकारी दिएका छन् ।

विश्वविद्यालयले नियमित विद्यार्थीलाई मात्र नभई पारिवारिक तथा अन्य कारणले पठनपाठनलाई नियमित गर्न नसकेकाहरूलाई समयानुकूल तालिम तथा सीपअनुसारको आविष्कार गर्न यथाशक्य सहयोग पुर्याउने उद्देश्य राखेको उनले बताए । उक्त केन्द्रमा हालसम्म आठवटा मेसिन तथा केही बहुकार्यात्मक औजार उत्पादन भएको जानकारी दिँदै उहाँले यसको प्रयोगबाट कृषि, स्वास्थ्य, सूचना प्रविधिजस्ता विषयसँग सम्बन्धित आधुनिक उपकरण तथा औजार विकास गर्न सकिने बताए ।

सो केन्द्रमा घाँस टुक्र्याउने, गोबर पेल्ने, कोदो प्रशोधन गर्ने औजार, सोलार ड्रायर, दाउरा चिर्ने, अदुवा प्रशोधन गर्ने उपकरण निर्माण भइसकेका छन् भने यसका लागि राष्ट्रिय आविष्कार केन्द्रले पनि विश्वविद्यालयसँगको सम्झौतामा आधारित भई प्राविधिक सहयोग गरेको रजिष्ट्रार तिमिल्सिनाले जानकारी दिए ।

उक्त केन्द्रमा अन्य मेसिन पनि निर्माणको प्रक्रियामा रहेको उल्लेख गर्दै तिमिल्सिनाले प्रदेश सरकारको प्राथमिकतामा रहेको बाँदर धपाउने मेसिनको निर्माणका लागि ड्रोन प्रयोग गरी बाँदर धपाउने प्रविधिको विकास सुरु गरिएको बताएका छन् ।


प्रकाशित मिति: १४ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?