Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

नवप्रर्वतनलाई जोड दिँदै आविष्कार केन्द्र


गण्डकी। अनुसन्धान, अन्वेषण तथा आविष्कारका गतिविधि प्रवर्द्धन गर्दै शिक्षण, अनुसन्धान र समुदायमा आधारित जीवनोपयोगी अनुसन्धान कार्य गर्ने उद्देश्यले गण्डकी विश्वविद्यालयले आविष्कार केन्द्रमार्फत आफ्ना गतिविधि बढाएको छ ।

विश्वविद्यालयले सन् २०२१ मा अनुसन्धान केन्द्र, आविष्कार र आविष्कार केन्द्र (आरसी–आइआई) स्थापना गर्दै समयसापेक्ष नयाँ प्रविधि तथा नवप्रर्वतनलाई जोड दिँदै सैद्धान्तिक ज्ञानलाई अनुसन्धान, अन्वेषण तथा आविष्कारसँग जोडेको विश्वविद्यालयका रजिष्ट्रार डा. कैलाश
तिमिल्सिनाले जानकारी दिएका छन् ।

विश्वविद्यालयले नियमित विद्यार्थीलाई मात्र नभई पारिवारिक तथा अन्य कारणले पठनपाठनलाई नियमित गर्न नसकेकाहरूलाई समयानुकूल तालिम तथा सीपअनुसारको आविष्कार गर्न यथाशक्य सहयोग पुर्याउने उद्देश्य राखेको उनले बताए । उक्त केन्द्रमा हालसम्म आठवटा मेसिन तथा केही बहुकार्यात्मक औजार उत्पादन भएको जानकारी दिँदै उहाँले यसको प्रयोगबाट कृषि, स्वास्थ्य, सूचना प्रविधिजस्ता विषयसँग सम्बन्धित आधुनिक उपकरण तथा औजार विकास गर्न सकिने बताए ।

सो केन्द्रमा घाँस टुक्र्याउने, गोबर पेल्ने, कोदो प्रशोधन गर्ने औजार, सोलार ड्रायर, दाउरा चिर्ने, अदुवा प्रशोधन गर्ने उपकरण निर्माण भइसकेका छन् भने यसका लागि राष्ट्रिय आविष्कार केन्द्रले पनि विश्वविद्यालयसँगको सम्झौतामा आधारित भई प्राविधिक सहयोग गरेको रजिष्ट्रार तिमिल्सिनाले जानकारी दिए ।

उक्त केन्द्रमा अन्य मेसिन पनि निर्माणको प्रक्रियामा रहेको उल्लेख गर्दै तिमिल्सिनाले प्रदेश सरकारको प्राथमिकतामा रहेको बाँदर धपाउने मेसिनको निर्माणका लागि ड्रोन प्रयोग गरी बाँदर धपाउने प्रविधिको विकास सुरु गरिएको बताएका छन् ।


प्रकाशित मिति: १४ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?