Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

इलाम गोल्डकपः फाइनलमा पुग्न पाँचथर र बिर्तामोड भिड्दै


काठमाडौं। इलाम सदरमुकाममा जारी इलाम गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज बिहीबार हुँदै छ । फाइनलमा पुग्ने लक्ष्यका साथ आज पाँचथर फुटबल क्लब र झापाको बिर्तामोड फुटबल क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

उक्त प्रतियोगितामा भारतको दार्जिलिङसहित आठवटा टिमको सहभागिता रहेको छ । नेपालका ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) काठमाडौंसहित बुटवल लुम्बिनी, पाँचथर फुटबल क्लब, विर्तामोड युनाइटेड झापा सहभागी छन् ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्युरोड टिम (एनआरटी) विजयी हुँदै फाइनलमा स्थान पक्का गरिसकेको छ । त्यस्तै, आयोजक रेडहर्स फुटबल क्लबलाई हराउँदै एनआरटी उपाधिनजिक पुगेको हो । सडन डेथमा एनआरटीले रेडहर्स क्लबलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो भने माघ १३ गते हुने फाइनलमा विजयी हुने टिमले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

त्यस्तै, उपबिजेताले ३ लाख रुपैयाँ पाउने जनाइएको छ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, डिफेन्डर, मिड फिल्डर र उदीयमान खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी, राष्ट्रिय जागृति क्लब इटहरी, बाग्मती युवा क्लब सर्लाही, आयोजक रेड हर्स फुटबल क्लब र विदेशी टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ सहभागी रहेका छन् ।


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?