Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

मधेश प्रदेशका अनिलकुमार शाहले बनाए शतक


काठमाडौं। मधेश प्रदेशका अनिलकुमार शाहले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकीविरुद्ध उत्कृष्ट शतक प्रहार गरेका छन् ।

स्पिनर सन्दीप पराजुलीलाई ३१औँ ओभरको चौथो बलमा चोभार एन्डको लङअनतर्फ एक रन बटुल्दै शतक पूरा गरेका हुन् । अनिल १०४ बलमा ११ चौका र ३ छक्कासहित १ सय रनमा खेलेका छन् भने उनलाई पवन सरार्फले ३२ रनमा साथ दिएका छन् ।

नेपाल एपीएफ क्लबबाट २०१८ मा खेलेका थिए । त्यसपछि उनले २०२१ सम्म पुलिसबाट खेले । पुलिस छाडेर मधेश फर्किएका थिए । त्यस्तै, पुलिसमा पर्याप्त खेल्ने मौका नपाएपछि मधेश फर्किने मौका पाएका थिए । मधेशबाट भने सानदार प्रदर्शन गरेका छन् ।

उनको यो राष्ट्रिय स्तरको पहिलो शतक हो । सन् २०१८ मा नेपालको टोलीमा डेब्यू गरेका अनिल २०२२ पछि नेपालको टोलीमा छैनन् । यो शतकले टोलीमा फर्किन उनलाई धेरै राहत मिल्नेछ । उनले नेपालको लागि ४ ओडीआई खेल खेलिसकेका छन् ।

२०१७ को पीएमकपमा तत्कालीन मध्यमाञ्चलबाट हासिम अन्सारीले पनि शतक हानेका थिए, तर राज्य संरचनामा गएपछि यसअघिको संस्करणमा मधेशबाट शतक थिएन ।

उनी पीएमकपमा मधेशबाट शतक हान्ने दोस्रो खेलाडी हुन् । यसअघि यसै प्रतियोगितामा सुदूरपश्चिमविरुद्ध मयन यादवले शतक हानेका थिए ।

 


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?