Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

मधेश प्रदेशका अनिलकुमार शाहले बनाए शतक


काठमाडौं। मधेश प्रदेशका अनिलकुमार शाहले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकीविरुद्ध उत्कृष्ट शतक प्रहार गरेका छन् ।

स्पिनर सन्दीप पराजुलीलाई ३१औँ ओभरको चौथो बलमा चोभार एन्डको लङअनतर्फ एक रन बटुल्दै शतक पूरा गरेका हुन् । अनिल १०४ बलमा ११ चौका र ३ छक्कासहित १ सय रनमा खेलेका छन् भने उनलाई पवन सरार्फले ३२ रनमा साथ दिएका छन् ।

नेपाल एपीएफ क्लबबाट २०१८ मा खेलेका थिए । त्यसपछि उनले २०२१ सम्म पुलिसबाट खेले । पुलिस छाडेर मधेश फर्किएका थिए । त्यस्तै, पुलिसमा पर्याप्त खेल्ने मौका नपाएपछि मधेश फर्किने मौका पाएका थिए । मधेशबाट भने सानदार प्रदर्शन गरेका छन् ।

उनको यो राष्ट्रिय स्तरको पहिलो शतक हो । सन् २०१८ मा नेपालको टोलीमा डेब्यू गरेका अनिल २०२२ पछि नेपालको टोलीमा छैनन् । यो शतकले टोलीमा फर्किन उनलाई धेरै राहत मिल्नेछ । उनले नेपालको लागि ४ ओडीआई खेल खेलिसकेका छन् ।

२०१७ को पीएमकपमा तत्कालीन मध्यमाञ्चलबाट हासिम अन्सारीले पनि शतक हानेका थिए, तर राज्य संरचनामा गएपछि यसअघिको संस्करणमा मधेशबाट शतक थिएन ।

उनी पीएमकपमा मधेशबाट शतक हान्ने दोस्रो खेलाडी हुन् । यसअघि यसै प्रतियोगितामा सुदूरपश्चिमविरुद्ध मयन यादवले शतक हानेका थिए ।

 


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?