Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

नेपाली कराँते टोली जर्मनी प्रस्थान


काठमाडौं। जर्मनीको ड्रेस्डेन खुला कराँते प्रतियोगितामा २०२४ मा सहभागी हुन चार सदस्यीय टोली बिहिबार जर्मनी प्रस्थान गरेको छ । मार्सल आर्ट्स एकेडेमीकी सायाङ लामाले ३६ केजी तौलसमूहको कुमुतेमा प्रतिस्पर्धा गर्नेछिन् । जनवरी २७ तारिख (शनिबार) हुने प्रतियोगितामा सायाङले स्पर्धा गर्न लागेकी हुन् ।

सोही कार्यक्रममा अध्यक्ष गुरुङ र एकेडेमीकी कार्यकारी प्रमुख लामाले सातौँ दक्षिण एसियाली कराते प्रतियोगिताअन्तर्गत यु २१, ६७ केजी मुनिको तौल समूहमा नेपाललाई रजत पदक दिलाउने च्याम्पियन मार्सल आर्ट्स एकेडेमीका अनील बरामलाई सम्मान गरेका छन् ।

सायाङको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हो । टिम व्यवस्थापकमा एकेडेमीकी प्रमुख कार्यकारी सुशिला लामा तथा सायाङको प्रशिक्षकमा डिगम्बरप्रसाद पन्त रहेका छन् भने नेपाल कराते महासंघका महासचिव तथा सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङले टोलीलाई बुधबार नै एक कार्यक्रमकाबिच बिदाई गरेका थिए ।

 


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?