Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

नेपाली कराँते टोली जर्मनी प्रस्थान


काठमाडौं। जर्मनीको ड्रेस्डेन खुला कराँते प्रतियोगितामा २०२४ मा सहभागी हुन चार सदस्यीय टोली बिहिबार जर्मनी प्रस्थान गरेको छ । मार्सल आर्ट्स एकेडेमीकी सायाङ लामाले ३६ केजी तौलसमूहको कुमुतेमा प्रतिस्पर्धा गर्नेछिन् । जनवरी २७ तारिख (शनिबार) हुने प्रतियोगितामा सायाङले स्पर्धा गर्न लागेकी हुन् ।

सोही कार्यक्रममा अध्यक्ष गुरुङ र एकेडेमीकी कार्यकारी प्रमुख लामाले सातौँ दक्षिण एसियाली कराते प्रतियोगिताअन्तर्गत यु २१, ६७ केजी मुनिको तौल समूहमा नेपाललाई रजत पदक दिलाउने च्याम्पियन मार्सल आर्ट्स एकेडेमीका अनील बरामलाई सम्मान गरेका छन् ।

सायाङको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हो । टिम व्यवस्थापकमा एकेडेमीकी प्रमुख कार्यकारी सुशिला लामा तथा सायाङको प्रशिक्षकमा डिगम्बरप्रसाद पन्त रहेका छन् भने नेपाल कराते महासंघका महासचिव तथा सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङले टोलीलाई बुधबार नै एक कार्यक्रमकाबिच बिदाई गरेका थिए ।

 


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?