Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

एएफसी एसिया कपः इराक र जापान क्वाटरफाइनलमा


काठमाडौं। एएफसी एसिया कप फुटबलमा समूह डीबाट इराक र जापान क्वाटरफाइनलमा प्रवेश गरेका छन् । समूह चरणका अन्तिम खेलमा इराकले भियतनामलाई र जापानले इन्डोनेसियालाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेका हुन् ।

त्यस्तै, कतारमा जारी प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा इराकले भियतनामलाई ३-२ गोल अन्तरको पुनरामगन जित निकाल्दै शीर्ष स्थानमा रहेर क्वाटरफाइनल प्रवेश गर्‍यो । १ गोलले पछि परेको इराकले नतिजा उल्टाएको थियो ।

४२ औं मिनेटमा भिट वुइ ह्वाङले गोल गर्दै अग्रता दिलाएका थिए भने पहिलो हाफको अतिरिक्त चौँथो मिनेटमा भिएन खाङ रातो कार्ड पाउँदै मैदान छाड्दा (दोहोरो पहेँलो कार्ड) भियतनाम १० खेलाडीमा समेटिएको थियो । ४७ औं मिनेटमा इराका लागि रेविन सुलाकाले बराबरी गोल गरेका थिए । ७३ औं मिनेटमा आयमिन हुसेनले गोल गर्दै इराकलाई २–१ ले अघि बढाएका थिए । ८३औं मिनेटमा पाएको पेनाल्टी आयमिन हुसेनले गोलमा परिणत गर्न असफल भए ।

क्वाङ हेइले गोल गरेपछि भियतनामले बराबरी गरेको थियो, तर दोस्रो हाफको थप गरिएको १२ औं मिनेटमा इराकले पेनाल्टी पाएको थियो । भियतनामका खेलाडीले इराकका युसुफ यमिनलाई फल गरेपछि पाएको पेनाल्टीमा आयमिन हुसेनले गोल गर्दै अन्ततः ३-२ को जित दिलाए । समूह चरणको अर्को खेलमा जापानले इन्डोनेसियालाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

त्यसैगरी, छैटौं मिनेटमा जापानलाई आयासे वेडाले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गर्दा जापानले अग्रता दोब्बर बनाएको थियो । ८८ औं मिनेटमा इन्डोनेसियाका जस्टिन हुनबनेरले आफ्नै पोस्टमा गोल गरेपछि जापान ३-० ले अघि बढेको थियो ।

दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा भियतनामका स्यान्डी वाल्सले गोल गरेर अन्तर ३-१ मा झारे पनि हार भने टरेन ।


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?