Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

एएफसी एसिया कपः इराक र जापान क्वाटरफाइनलमा


काठमाडौं। एएफसी एसिया कप फुटबलमा समूह डीबाट इराक र जापान क्वाटरफाइनलमा प्रवेश गरेका छन् । समूह चरणका अन्तिम खेलमा इराकले भियतनामलाई र जापानले इन्डोनेसियालाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेका हुन् ।

त्यस्तै, कतारमा जारी प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा इराकले भियतनामलाई ३-२ गोल अन्तरको पुनरामगन जित निकाल्दै शीर्ष स्थानमा रहेर क्वाटरफाइनल प्रवेश गर्‍यो । १ गोलले पछि परेको इराकले नतिजा उल्टाएको थियो ।

४२ औं मिनेटमा भिट वुइ ह्वाङले गोल गर्दै अग्रता दिलाएका थिए भने पहिलो हाफको अतिरिक्त चौँथो मिनेटमा भिएन खाङ रातो कार्ड पाउँदै मैदान छाड्दा (दोहोरो पहेँलो कार्ड) भियतनाम १० खेलाडीमा समेटिएको थियो । ४७ औं मिनेटमा इराका लागि रेविन सुलाकाले बराबरी गोल गरेका थिए । ७३ औं मिनेटमा आयमिन हुसेनले गोल गर्दै इराकलाई २–१ ले अघि बढाएका थिए । ८३औं मिनेटमा पाएको पेनाल्टी आयमिन हुसेनले गोलमा परिणत गर्न असफल भए ।

क्वाङ हेइले गोल गरेपछि भियतनामले बराबरी गरेको थियो, तर दोस्रो हाफको थप गरिएको १२ औं मिनेटमा इराकले पेनाल्टी पाएको थियो । भियतनामका खेलाडीले इराकका युसुफ यमिनलाई फल गरेपछि पाएको पेनाल्टीमा आयमिन हुसेनले गोल गर्दै अन्ततः ३-२ को जित दिलाए । समूह चरणको अर्को खेलमा जापानले इन्डोनेसियालाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

त्यसैगरी, छैटौं मिनेटमा जापानलाई आयासे वेडाले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गर्दा जापानले अग्रता दोब्बर बनाएको थियो । ८८ औं मिनेटमा इन्डोनेसियाका जस्टिन हुनबनेरले आफ्नै पोस्टमा गोल गरेपछि जापान ३-० ले अघि बढेको थियो ।

दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा भियतनामका स्यान्डी वाल्सले गोल गरेर अन्तर ३-१ मा झारे पनि हार भने टरेन ।


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?