Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम दोस्रो स्थानमा उक्लियो, कोशीको आठौँ हार


काठमाडौं। प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई आठ विकेटले पराजित गर्‍यो । उक्त जितसँगै पाँच खेलमा चार जितसँगै आठ अङ्क जोडेको सुदूरपश्चिम अङ्क तालिकामा दोस्रो स्थानमा उक्लिएको छ भने आठ खेलमा सबै खेल हारेर अङ्कबिहीन बनेको कोशी प्रदेश पुच्छारमा छ ।

कोशीले प्रस्तुत गरेको एक सय २४ रनको लक्ष्य सुदूरपश्चिमले २१ दशमलव एक ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । सुदूरपश्चिमको जितमा नरेन भट्टले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ४९ बलमा सात चौका प्रहार गरे । प्रकाश पाण्डेले अविजित ३४ बनाए भने कप्तान राजु रिजालले २१ रन बनाए । कोशीका लागि दुवै विकेट फिर्दोस अन्सारीले लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको कोशीले ३२ ओभरमा सबै विकेट गुमाउँदै एक सय २३ रन बनाएको थियो । कोशीका लागि मिनाश थापाले २६, कप्तान अङ्कित तिवारीले २२, कमल खत्रीले १८ र फिर्दोस अन्सारीले १३ रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका लागि शेर मल्लले पाँच विकेट र विकाश आग्रीले चार विकेट लिए ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?