Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

नेपाल विद्यार्थी सङ्घले रोवर्ट भिडाउने


काठमाडौं। नेपाल विद्यार्थी सङ्घले मानव नियन्त्रित रोवर्टको क्षमता प्रदर्शन गर्ने उद्देश्यले एक आपसमा भिडाउने भएको छ । खेल, मनोरञ्जन, सिर्जना र आविष्कारलाई एकमुष्ट प्रतिविम्बित गर्न रोबोटबीच प्रतिस्पर्धा गराउन लागिएको हो ।

आज यहाँ आयोजित पत्रकार सम्मलेनमा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले विश्वकर्मा ‘व्याटल अफ टाइटनस्–टु’ नामक टाइटल रहेको प्रतियोगितामा मानव नियन्त्रित रोबोटको डिजाइन, गतिशीलता, आक्रमण, प्रतिरक्षा तथा क्षमताको प्रदर्शन गर्न लागेको जानकारी दिए ।

अध्यक्ष शेर्पाले सिर्जना र आविष्कारका प्रतीक ‘विश्वकर्मा’ प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तान देशबाट १८ समूहले प्रतिस्पर्धा गर्ने जानकारी दिएका छन् । प्रत्येक सहभागीले आ–आफ्नो राष्ट्र र विश्वविद्यालयको प्रतिनिधित्व गर्नुपर्ने उनले बताए ।

त्यस्तै, वर्तमान युग सापेक्ष नीति तथा कार्यक्रममार्फत विद्यार्थीलाई अनुसन्धान, सिर्जना र आविष्कारसँग जोड्ने उद्देश्यले यही माघ १३, १४ र १५ काठमाडौंस्थित दशरथ रङ्गशालामा प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष शेर्पाले बताए ।

तीन दिने प्रतियोगितामा सङ्घले सबै समूह सहभागी, आमन्त्रित अतिथि र स्वयम्सेवकलाई खानासहित आवासको सुविधा उपलब्ध गराउने सङ्घका सदस्य नारायण पाण्डेले राससलाई जानकारी दिएका छन्।

उक्त प्रतियोगितामा प्रथम हुने समूहले रू तीन लाख ५० हजार, दोस्रो हुनेले रू एक लाख ५० हजार र अन्य श्रेणीमा विजयी हुने एक समूहले रू एक लाख प्राप्त गर्ने बताएका छन् ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?