Trending
>>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा >>   राष्ट्रिय लिगमा चर्च ब्वाइजको चौथो जित, चित्लाङको चौथो बराबरी >>   गैरसरकारी संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकताअनुसार काम गर्नुपर्छः प्रधानमन्त्री कार्की >>   जेन–जी परिषद् गठन गर्ने सरकारको निर्णय >>   उद्योग खोल्न नेतालाई गुहार्नुपर्ने र खोलेपछि चन्दा दिनुपर्ने व्यवस्था अन्त्य गर्छौंः बालेन्द्र साह >>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

चन्द्रागिरि नगरपालिकामा फुटपाथमा व्यवसाय गर्न नपाइने


काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिकाले फुटपाथमा व्यवसाय गर्न रोक लगाएको छ । उक्त नगरपालिकाले मंगलबार सूचना निकाल्दै फुटपाथमा व्यवसाय नगर्न भनेको हो भने सो नगरपालिकाले अनधिकृत पार्किङ हटाउन समेत भनेको हो ।

त्यस्तै, फुटपाथमा गरिने व्यवसाय र अनधिकृत पार्किङले सर्वसाधारण नागरिकलाई सडकमा आवतजावत गर्न असुविधा भएको, सडक दुर्घटनाको जोखिम बढ्नुका साथै सहरी सौन्दर्यतामा समेत असर परेको नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जारी गरेको सूचनामा सार्वजनिक सडकमा हुने अनधिकृत प्रयोगलाई रोक्न फुटपाथ÷ठेलागाडा पसल र अनधिकृत पार्किङ यथाशिघ्र हटाउन भनेको छ ।

उक्त नगरपालिकाले सूचनाको अवज्ञा गरेमा नगर प्रहरी परिचालन गरी कारबाही गर्ने जनाएको छ । चन्द्रागिरिले ४ माघदेखि २४ जना नगर प्रहरी परिचालन गरेको छ । नगर प्रहरीले सहरी व्यवस्थापन लगायतको काम गर्न सुरु गरेको नगरपालिकाको भनाइ रहेको छ ।

सो नगरपालिकाका मेयर घनश्याम गिरीले सहरी सौन्दर्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?