Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

आज  बिहानै देखि बाक्लो हुस्सु, चिसो बढ्दा जनजीवन प्रभावित


काठमाडौं। बाक्लो हुस्सु लागेर चिसो बढेपछि पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ । अधिकांश भूभागमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

केही दिन अघिसम्म बिहान हुस्सु लागे पनि दिउँसो सामान्य घमाइलो हुने गरेको थियो, तर पछिल्ला दिन बिहानदेखि दिनैभरि हुस्सु लाग्ने गरेकाले जनजीवन प्रभावित बनेको हो । चिसो धेरै बढेपछि सार्वजनिक स्थानहरूमा सर्वसाधारणको चहलपहल सामान्यभन्दा कम देखिएको छ भने विराटनगर र आसपासको तापक्रम न्यूनतम ८ डिग्री सेल्सियसभन्दा कम मापन गरिएको छ ।

त्यस्तै, चिसोका कारण झापा, मोरङ, सुनसरीमा जनजीवन प्रभावित बनेको हो । चिसो बढ्दा खासगरी वृद्धवृद्धाहरु बढी समस्यामा परेका छन् भने चिसोका कारण बिरामी हुनेहरु विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने गरेका छन् । गत साता पनि एक्कासि चिसो बढेको थियो । चिसो बढेपछि अधिकांश स्थानमा विद्यालयहरुमा विदा दिइएको थियो । त्यसपछि केही दिन घाम लाग्ने गरे पनि फेरि हुस्सु लाग्न थालेर चिसो बढ्न थालेको हो ।

प्रतिकूल मौसममा कारण विराटनगरबाट हुने हवाई उडानहरु पनि प्रभावित बनेका छन् भने विराटनगर विमानस्थलबाट दिउँसोसम्म कुनै पनि उडान हुन सकेको छैन । यसैबीच, मौसम पूर्वानुमान महाशाखाले आजे देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहने जनाएको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थान तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?