Trending
>>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

पार्किङ हटाएको विरोधमा न्यूरोडका व्यवसायी आज पनि आन्दोलनमा


काठमाडौं। न्यूरोड क्षेत्रमा पार्किङ निषेधको विरोधमा व्यवसायीहरू आज पनि आन्दोलित भएका छन् । पसल बन्द गरेर उनीहरू बिहान ११ बजेतिरबाटै काठमाडौं महानगरपालिका विरोधमा उत्रिएका हुन् ।

त्यस्तै, धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडक(खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा हिजोदेखि महानगरले पार्किङ निषेध गरेको छ । स्थानीय सामाजिक संघ संस्था, व्यावसायिक संघ संस्था र सरोकारवाला सम्मिलित संघर्ष समिति बनाएर उनीहरूले आन्दोलन गरेका हुन् ।

महानगरले सरोकारवालासँग परामर्श नगरी पार्किङ निषेधको निर्णय लादेको संयोजक अमृत मानन्धरले बताएका छन् । उक्त पार्किङ हटाउने निर्णयले व्यवसायी, स्थानीय तथा सेवाग्राही अन्यायमा परेको र न्यूरोडको व्यावसायिक भविष्य संकटमा पर्ने उनीहरूको जिकिर छ ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?