Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

पार्किङ हटाएको विरोधमा न्यूरोडका व्यवसायी आज पनि आन्दोलनमा


काठमाडौं। न्यूरोड क्षेत्रमा पार्किङ निषेधको विरोधमा व्यवसायीहरू आज पनि आन्दोलित भएका छन् । पसल बन्द गरेर उनीहरू बिहान ११ बजेतिरबाटै काठमाडौं महानगरपालिका विरोधमा उत्रिएका हुन् ।

त्यस्तै, धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडक(खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा हिजोदेखि महानगरले पार्किङ निषेध गरेको छ । स्थानीय सामाजिक संघ संस्था, व्यावसायिक संघ संस्था र सरोकारवाला सम्मिलित संघर्ष समिति बनाएर उनीहरूले आन्दोलन गरेका हुन् ।

महानगरले सरोकारवालासँग परामर्श नगरी पार्किङ निषेधको निर्णय लादेको संयोजक अमृत मानन्धरले बताएका छन् । उक्त पार्किङ हटाउने निर्णयले व्यवसायी, स्थानीय तथा सेवाग्राही अन्यायमा परेको र न्यूरोडको व्यावसायिक भविष्य संकटमा पर्ने उनीहरूको जिकिर छ ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?