Trending
>>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

विश्वका बढी वायु प्रदूषित सहर मध्ये १०औँ स्थानमा काठमाडौं


काठमाडौं। विश्वका बढी वायु प्रदूषित सहरमध्ये १०औं स्थानमा काठमाडौं परेको छ ।

काठमाडौंको हावाको प्रदूषण १ सय ६४ एक्यूआइ वल्ड ऐर क्वालिटी इन्डेक्सले देखाएको छ भने हिउँदे वर्षा समयमा नहुँदा विश्वका विभिन्न क्षेत्रमा वायु गुणस्तरमा सुधार आउन सकेको छैन । त्यस्तै, भारतको दिल्ली सहर वायु प्रदूषणको १ नम्बरमा परेको छ भने दिल्लीको हावाको गुणस्तर २ सय ८३ एक्यूआइ देखाएको छ ।

दोस्रो नम्बरमा पकिस्तानको कराँची छ । यहाँको वायु गुणस्तर २ सय ५९ एक्यूआइ छ । यस्तै क्रमशः भारतको कोलकत्ताको २ सय ५६ एक्यूआइ, बंगलादेशको ढाका २ सय १५ एक्यूआइ मापण गरिएको छ । त्यस्तै, बोस्निया र हेर्जेगोभिनाको सरजेबो सहरको १ सय ७७ एक्यूआइ, म्यानमारको योगनको १ सय ७३ एक्यूआइ, पकिस्तानको लाहोर १ सय ७३ एक्यूआइ, भारतको मुम्बई १ सय ७२ एक्यूआइ र मंगोलियाको उलानबाटरको १ सय ७१ एक्यूआइ मापन गरिएको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआई सम्मलाई सामान्य मानिन्छ । त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थकर हुने चिकित्सकको भनाइ रहेबके छ ।

air qulity


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?