Trending
>>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

नवलपुरको सहिद स्मारकभित्र बुद्ध पार्क निर्माण


काठमाडौं। हेटौँडा उपमहानगरपालिका-११ नवलपुर स्थित सहिद स्मारकमा बुद्ध पार्क उद्घाटन गरिएको छ । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवं सहिद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलले बुधबार पार्कको उद्घाटन गरेका छन् ।

स्मारक भित्रै बनाइएको बुद्ध पार्कको उद्घाटनपछि पौडेलले सहिद सप्ताहको पहिलो दिन बुद्ध पार्क उद्घाटन गर्नु महत्त्वपूर्ण भएको बताएका छन् । उनले सहिद सप्ताहभरी (एक हप्ता सम्म) सहिद स्मारक पार्कमा आयोजना हुने कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह समेत गरेका छन् ।

उनका अनुसार पर्सि (माघ १२) गते वडा स्तरीय नृत्य प्रतियोगिता, माघ १३ गते रक्तदान कार्यक्रम र “सहिद र मदन भण्डारीको सपना साकार पार्नका लागि नवयुवाको भूमिका” विषयक वक्तित्वकला प्रतियोगिता, माघ १४ गते वडा स्तरीय वक्तित्वकला प्रतियोगिता, माघ १५ गते राष्ट्रिय कलाकारहसँग सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण र शिक्षक खुल्ला दौड प्रतियोगिता आयोजना गरिने भएको छ ।

सो पार्कमा सिद्धार्थ गौतम बुद्धको आकर्षक मूर्तिसँगै बुद्धकी माता मायादेवी,ब्रम्हा र इन्द्रको मूर्ति पनि बनाइएको छ । उक्त समितिले आयोजना गर्ने साताव्यापी कार्यक्रमका क्रममा भोलि कृषि हस्तकला तथा पर्यटकीय वस्तुहरुको प्रवर्द्धन गर्ने हेतु मेलाको आयोजना गर्ने ,विविध सांस्कृतिक कार्यक्रम तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम गर्ने सहिद स्मारक विकास समितिका सचिव रघुनाथ खुलालले जानकारी दिएका छन् ।

त्यस्तै, सप्ताहको अन्तिक दिन माघ १६ गते प्रभातफेरी निकाल्ने, सहिद प्रति सलामी, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचन तथा समापन कार्यक्रम गरिने सचिवालयले जनाएको छ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?