Trending
>>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

सुनको मूल्य आज पनि स्थिर, चाँदीको बढ्यो


काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य स्थिर कायम भएको जानकारी दिएको छ । महासंघका अनुसार योसहित लगातार चौथो दिन स्थिर कायम भएर कारोबारमा आएको हो ।

त्यसैगरी, लगातार चार दिनदेखि स्थिर कायम रहेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ । यो साताको आइतबारदेखि नै यही मूल्यमा सुनको कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार हिजो चाँदीको मूल्य तोलामा १३ सय ७० रुपैयाँ कायम थियो भने आज तोलामा १० रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ पुगेको छ ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?