Trending
>>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

पारिफाँटा भमरभोज जोड्ने सडकमा पुल बनाउन माग


कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटास्थित सनवोरा नदीको पुरानो बहाव क्षेत्रमा पुल निर्माण नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् । झण्डै आधा किलोमिटर क्षेत्रको सडक हिउँदमै हिलाम्मे हुने गर्दछ । पारिफाँटा भमरभोज जोड्ने सडकको बीच क्षेत्रमा पर्ने नदीको पुरानो बहाव क्षेत्रमा स्थानीय बासिन्दाले विगत १० वर्षदेखि पुलको माग गर्दै आएका छन् ।

त्यस्तै, अर्को वैकल्पिक सडक नहुँदा स्थानीय बासिन्दा, विद्यालय जाने विद्यार्थी, बिरामीलाई अस्पताल पुर्याउनुपर्दा सोही सडक भएर जानुपर्ने अवस्था रहेको स्थानीय धनसिंह ठगुन्नाले बताए । “चुनावकै बेला प्रचारप्रसार गर्न आएका उम्मेदवारले गाडी सडकमै फस्दा स्थानीयले घचेटेर निकालेका थियौँ”, उनले भने, “सडकको दुरावस्था देख्दा उम्मेदवारले चुनाव जितेपछि यस क्षेत्रमा पक्की पुल निर्माण गर्ने बाचा गरेका थिए, पुलका लागि सर्भेसम्मको कार्य अझै हुनसकेको छैन ।”

चुनाव जित्ने र हार्ने कोही पनि यस क्षेत्रका बासिन्दाका सुख, दुःखमा साथ दिनका लागि पुग्न नसकेको उनको भनाइ रहेको छ । “हिउँदका बेला सडकमा हिँड्नै गाह्रो छ”, उनले भने, “वर्षात्का बेला कम्मरसम्मको पानीमा गन्तव्यमा जानुपर्छ ।” सनवोरा नदी पुरानो बहाव छाड्दै पश्चिमतर्फ भएर बग्दै आएको छ । वर्षात्का बेला नदीको बहाव उच्च हुँदा पुरानो बहाव क्षेत्रमा पनि बाढीको पानी बग्ने गर्दछ । नदीको पुरानो बहाव क्षेत्रलाई स्थानीयले घरकटुवा खोला पनि भन्ने गरेका छन् ।

“बस्ती नजिकै विद्यालय भए पनि वर्षात्का बेला तीन किलोमिटर टाढाको अर्को बाटो घुमेर जानुपर्ने बाध्यता छ”, जुद्धबहादुर बमले भने, “पुल निर्माण भइदिए सास्ती खेपेर गन्तव्यमा जानुपर्ने अवस्थाको अन्त्य हुन्थ्यो ।” नदीको पुरानो बहाव क्षेत्र भएकाले हिउँदमा पनि पूरै हिँडने सडक हिलाम्मे भएको उल्लेख गर्दै उनले हालसम्म कुनै पनि निकायले नहेरेको बताएका छन्।

शुक्लाफाँटा–८ का वडाध्यक्ष बहादुरसिंह महरा वडाको बजेटले पुल निर्माण गर्न नसकिने बताए । “पूरै सडकखण्ड दलदल छ”, उनले भने, “ग्राभेल राख्ने अवस्था छैन, अहिले ग्राभेल राखे पनि वर्षात्मा पूरै बगेर जान्छ, त्यस क्षेत्रमा पुल नै आवश्यक छ, त्यसका लागि नगरदेखि प्रदेशसम्म गुहारेका छौँ, कुनै पनि निकायले चासो देखाएका छैनन् ।” यसै क्षेत्र भएर नगर चक्रपथअन्तर्गतको सडक बन्ने भएकाले पुलका लागि पहल गरिनेमा आशावादी रहेको उनको भनाइ रहेको छ ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?