Trending
>>   नेपाली काँग्रेसको पक्षमा देशव्यापी जनलहर, आचारसंहिता पालनामा प्रवक्ता चालिसेको जोड >>   निर्वाचनपछि ‘त्रिशंकु संसद’ को सम्भावना–चार शक्तिबीच मुख्य प्रतिष्पर्धाः संयोजक दाहाल >>   संविधानलाई ट्र्याकमा राख्न चुनाव अनिवार्य शर्त हो, मतदान सम्पन्न गर्न सरकारलाई पूर्ण सहयोग गर्छौंः सभापति… >>   सबै निर्वाचन क्षेत्रमा मतपत्र पुग्योः आयोग >>   कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई निर्वाचन अवलोकन गर्न दिइने >>   प्रतिनिधि सभा निर्वाचनको तयारी पूराः २ लाख १५ हजार कर्मचारी परिचालन >>   निर्वाचन आयोगद्वारा १६५ वटै निर्वाचन क्षेत्रमा तयारी पूरा, भ्रामक सूचना र दुष्प्रचारविरुद्ध कडाइ >>   दुई अतिवादका विरुद्ध राष्ट्रिय एकताको पक्षमा उभिन अपील गर्दै दाहालले भने– ‘हामी आफ्नै एजेण्डामा चुनाव… >>   आयोगको प्रतिवेदन चुनाव पछि धकेल्नु गलतः पुष्पकमल दाहाल >>   ‘०८२ देखि ८७ सम्मको ५ वर्षलाई स्वर्णिम काल बनाउँछौँ, काँग्रेसले अब देशलाई दुर्घटनामा पर्न दिँदैन’:…
Logo
१५ फाल्गुन २०८२, शुक्रबार
१५ फाल्गुन २०८२, शुक्रबार

मैयादेवी मेमोरियल यु-१९ महिला क्रिकेटमा सुदूरपश्चिमको टोली घोषणा


काठमाडौं। मैयाँदेवी मेमोरियल उन्नाइस वर्षमुनिको महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुने सुदूरपश्चिमको टोली घोषणा गरिएको छ।

स्नेहा महराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिएका छन्। उक्त टोलीका अन्य सदस्यहरूमा जानकी थापा,करिस्मा थापा,अनु कडायत,सावित्री धामी,चेतना कुँवर,रविना साउँद र मनीषा बोहरा रहेका छन् । त्यस्तै निलम पाण्डे, गङ्गा खड्का,सविना नेगी,हिलिसा खड्का,निशा खडायत र कमला महरा पनि अन्तिम १४ मा समेटिएका छन्।

सविना दौल्याल,रविना धामी, रेजिना कुँवर र कमला चन्द वैकल्पिक खेलाडीका रूपमा छानिएका छन् भने बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छनौटमा परेको अध्यक्ष जोशीले जानकारी दिएका छन् । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको आयोजनामा मैयाँदेवी श्रेष्ठको स्मृतिमा उन्नाइस वर्षमुनिको राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता माघ १२ गतेदेखि आयोजना हुँदै छ।

त्यस्तै, चितवनको गौतम बुद्ध क्रिकेट रङ्गशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुने छ । नेपाली कांग्रेसकी पूर्व प्रजातन्त्र सेनानी, दानवीरंगना स्व श्रेष्ठको स्मृतिमा प्रतियोगिता आयोजना गरिने भएको छ भने उक्त प्रतियोगितामा ७ वटै प्रदेशबाट टोलीको सहभागिता जनाउने छन् ।

सन् २०२४ मा युएईमा हुन गइरहेको एसिया कप छनोट र सन २०२५ मा मलेसिया र थाइल्यान्डमा हुने विश्वकप लाई समेत मध्यनजर गर्दै खेलाडीको प्रतिभा मूल्याङ्कनमा समेत प्रतियोगिता कोशे ढुङ्गा साबित हुने नेपाल क्रिकेट सङ्घको विश्वास रहेको छ ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?