Trending
>>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

स्वीडेनलाई नेटो सदस्य राष्ट्र बन्न बाटो खुला


काठमाडौं। स्वीडेनलाई उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो ) सदस्य राष्ट्र बन्न बाटो खुला भएको छ ।

त्यसैगरी, सदस्यताका लागि स्विडेनले गरेको प्रस्ताव टर्कीको संसदले मंगलबार अनुमोदन गरेको छ भने टर्कीको संसदले स्वीडेनको नेटो सदस्यता प्रस्तावलाई २८७ मतले अनुमोदन गरेको हो । स्वीडेनको नेटो सदस्यता प्रस्तावलाई संसदमा लामो समय छलफल गरेपछि मतदान गर्ने क्रममा चार जना सांसद अनुपस्थित थिए भने ५५ जनाले प्रस्तावको विपक्षमा मतदान गरेका छन् ।

स्वीडेनले सन् २०२२ मा नाटो सदस्यताका लागि आवेदन दिएको थियो । रुसले युक्रेनमा आक्रमण गरेपछि स्वीडेनले यो निर्णय लिएको थियो । टर्कीको संसदमा राष्ट्रपति तैयप एर्दोगानको सत्तारुढ गठबन्धनको बहुमत छ । उनले आवेदन स्वीकृत गर्न मतदान गरेका थिए । यद्यपि,टर्कीको निर्णयले केही पश्चिमी सहयोगीहरूलाई निराश बनाएको छ ।

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले मंगलबार क्रिस्टर्सनलाई आफ्नो देशलाई सैन्य गठबन्धनमा समावेश गर्ने विषयमा वार्ता गर्न निम्तो दिएको बताएका छन्। फिनल्याण्ड गत अप्रिलमा गठबन्धनको ३१ औं सदस्य बनेको थियो । स्वीडेन ३२ औं सदस्य राष्ट्र हुने तय छ ।

त्यस्तै, स्वीडेनको पक्षमा मतदान गर्नुअघि टर्कीको संसदमा चार घण्टाभन्दा बढी बहस भएको थियो । सो क्रममा टर्की संसदको विदेश मामिला आयोगका प्रमुख तथा सत्तारुढ एके पार्टीका सदस्य फुआत ओक्तेले एक वक्तव्य दिएका थिए । उनले गठबन्धनको प्रतिरोधात्मक प्रयासलाई सुधार गर्न नेटोको विस्तारलाई समर्थन गर्ने बताए । ‘हामी आशा गर्छौं कि फिनल्याण्ड र स्वीडेनको आतंकवादसँग लड्ने दृष्टिकोणले हाम्रा अन्य सहयोगीहरूका लागि उदाहरणको रूपमा काम गर्नेछ,’ यसपछि स्वीडेनको नेटो सदस्यता प्रस्ताव स्वीकृत भयो ।

स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले मतदानपछि स्टकहोम गठबन्धनमा सामेल हुन “एक कदम नजिक“ भएको बताएका छन् । टर्कीले यसअघि गत वर्ष अप्रिलमा फिनल्याण्डको सदस्यतालाई समर्थन गरेको थियो तर हंगेरीसँगै स्वीडेनलाई प्रतीक्षा सूचीमा राखेको थियो ।

 


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?