Trending
>>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

न्यु ह्याम्पशायरको प्राइमरीमा ट्रम्प हेली भन्दा अगाडि


काठमाडौं। आगामी २०२४ मा हुने अमेरिकी राष्ट्रपति पदका लागि पार्टीभित्र हुने ‘प्राइमरी’ चुनावमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यु ह्याम्पशायर प्राइमरीमा निक्की हेलीलाई पछि पारेका छन् । उनी रिपब्लिकन उम्मेदवारका रूपमा आफ्नो प्रतिद्वन्द्वी हेलीभन्दा निकै अगाडि छन् ।

यो नतिजा रिपब्लिकन प्रतिद्वन्द्वी निक्की हेलीका लागि ठूलो झट्का मानिएको छ । डिसिजन डेस्क मुख्यालयलाई उद्धृत गर्दै ‘द हिल रिपोर्ट’मा न्यू ह्याम्पशायरमा मतगणना सुरु हुने बित्तिकै पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रारम्भिक रुझानमा ठूलो अग्रता लिएको उल्लेख छ भने यस आधारमा, यो न्यू ह्याम्पशायर प्राइमरी जित्ने भविष्यवाणी गरिएको छ ।

त्यसैगरी, ट्रम्पले यसअघि निक्की हेलीलाई उपराष्ट्रपति बनाउन अस्वीकार गरेका थिए । त्यसैले न्यू ह्याम्पशायरको नतिजा उनीहरूका लागि ठूलो झट्का हो । संयुक्त राष्ट्र संघ जस्ता शीर्ष मञ्चमा अमेरिकाको प्रतिनिधित्व गरिसकेकी निक्की हेलीलाई आफ्नो रनिङ मेट अर्थात् रिपब्लिकन पार्टीको उपराष्ट्रपतिको उम्मेदवार बनाउने सम्भावनालाई ट्रम्पले पूर्ण रूपमा अस्वीकार गरेका थिए ।

उनले निक्की हेली सिनेटरको हैसियतमा ठिक भए पनि उपराष्ट्रपति वा उनको दौडमा रहेका साथीको सम्भावित उम्मेदवार मान्न नसकिने बताएका थिए ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?