Trending
>>   एमालेले भन्योः चर्चामा रहेका सबै भ्रष्टाचारको छानविन होस् >>   निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप >>   जेन–जी आन्दोलनको जगमा बनेको कार्की सरकार अपेक्षाअनुसार चलेनः मिराज ढुंगाना >>   मन्त्री हुँदा पनि विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न सकिनँः उर्जामन्त्री घिसिङ >>   जेन–जी प्रतिनिधिको प्रधानमन्त्रीलाई कटाक्षः माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु >>   सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः लेनिन बिष्ट >>   ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’ >>   एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित >>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल
Logo
४ पुष २०८२, शुक्रबार
४ पुष २०८२, शुक्रबार

न्यु ह्याम्पशायरको प्राइमरीमा ट्रम्प हेली भन्दा अगाडि


काठमाडौं। आगामी २०२४ मा हुने अमेरिकी राष्ट्रपति पदका लागि पार्टीभित्र हुने ‘प्राइमरी’ चुनावमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यु ह्याम्पशायर प्राइमरीमा निक्की हेलीलाई पछि पारेका छन् । उनी रिपब्लिकन उम्मेदवारका रूपमा आफ्नो प्रतिद्वन्द्वी हेलीभन्दा निकै अगाडि छन् ।

यो नतिजा रिपब्लिकन प्रतिद्वन्द्वी निक्की हेलीका लागि ठूलो झट्का मानिएको छ । डिसिजन डेस्क मुख्यालयलाई उद्धृत गर्दै ‘द हिल रिपोर्ट’मा न्यू ह्याम्पशायरमा मतगणना सुरु हुने बित्तिकै पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रारम्भिक रुझानमा ठूलो अग्रता लिएको उल्लेख छ भने यस आधारमा, यो न्यू ह्याम्पशायर प्राइमरी जित्ने भविष्यवाणी गरिएको छ ।

त्यसैगरी, ट्रम्पले यसअघि निक्की हेलीलाई उपराष्ट्रपति बनाउन अस्वीकार गरेका थिए । त्यसैले न्यू ह्याम्पशायरको नतिजा उनीहरूका लागि ठूलो झट्का हो । संयुक्त राष्ट्र संघ जस्ता शीर्ष मञ्चमा अमेरिकाको प्रतिनिधित्व गरिसकेकी निक्की हेलीलाई आफ्नो रनिङ मेट अर्थात् रिपब्लिकन पार्टीको उपराष्ट्रपतिको उम्मेदवार बनाउने सम्भावनालाई ट्रम्पले पूर्ण रूपमा अस्वीकार गरेका थिए ।

उनले निक्की हेली सिनेटरको हैसियतमा ठिक भए पनि उपराष्ट्रपति वा उनको दौडमा रहेका साथीको सम्भावित उम्मेदवार मान्न नसकिने बताएका थिए ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?