Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

आजदेखि सहिद सप्ताह सुरु, शास्त्रीको शालिकमा माल्यार्पण


काठमाडौं। आजदेखि सहिद सप्ताह सुरु भएको छ । पहिलो दिन आज काठमाडौं महानगरपालिकाले एक कार्यक्रम गरी सहिद शुक्रराज शास्त्री र उनका योगदानलाई सम्झिएको छ ।

उपमेयर सुनिता डंगोलसहित महानगरका अधिकारीहरूले टेकुको पचलीस्थित शास्त्रीको शालिकमा स-सम्मान माल्यार्पण गरेका छन् भने उपमेयर सुनिता डंगोलले शास्त्रीको योगदान नेपाली राजनीतिमा मात्र नभएर नेपाली र नेपाल भाषाको साहित्यमा पनि उत्तिकै रहेको बताइन् ।

उक्त कार्यक्रममा नगरबासीले सहिद शास्त्रीलाई स्मरण गरे, उनको त्याग र बलिदानीप्रति सम्मान अर्पण गरे । नेपाली जनताको स्वतन्त्रता, राष्ट्र निर्माण र आम नागरिकको हक अधिकार र मुक्तिको लागि आफ्नो ज्यानको आहुति दिने सहिदहरूको सम्झनामा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिन्छ ।

‘उनको योगदान नेपाली राजनीतिमा मात्र होइन, साहित्यमा समेत उत्तिकै छ । नेपाली र नेपाल भाषामा उहाँले कलम चलाउनुभयो । विशेषगरी नेपाल भाषाको व्याकरण लेख्ने उनी नै पहिलो व्यक्ति हो,’ उपमेयर डंगोलले भनिन्, ‘त्यो मात्रै होइन बाल साहित्यमा कलम चलाउने पहिलो व्यक्ति पनि उनी नै हो ।’

त्यस्तै, नागरिकको हक हितका लागि तत्कालीन व्यवस्थाविरुद्ध विद्रोह गर्दा वि.स.१९९७ माघ १० गते टेकुको पचलीमा रहेको खरीको बोटमा झुण्डाएर शास्त्रीको हत्या गरिएको थियो । शास्त्रीलाई झुण्ड्याइएको रुख भएको ठाउँमा नै बुधबार महानगरपालिकाले श्रद्धाञ्जली सभा गरेको हो ।

सरकारले सहिद शुक्रराज शास्त्रीको सम्झनामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सञ्चालन गरेको छ ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?