Trending
>>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

चेल्सी लिग कप फुटबलको फाइनलमा


काठमाडौं। चेल्सी लिग कप (कारबाओ) को फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति मिडिल्सबर्गमाथि चेल्सीले ६-१ गोल अन्तरको पराजित गरेको थियो भने पहिलो लेगमा १-० ले पराजित भएको चेल्सीले दोस्रो लेगमा सानदार जितका साथ फाइनलमा स्थान बनायो । समग्रमा चेल्सी ६-२ गोलको जित निकाल्न सफल भयो ।

त्यस्तै, ३६औं मिनेटमा एक्सल डिसासीले गोल गर्दै पहिलो हाफमै फराकिलो अग्रतातर्फ उन्मुख गराए । ४२औं मिनेटमा कोल पालमरले गोल गरेपछि चेल्सीले पहिलो हाफमै ४-० को सहज अवस्था बनाएको थियो भने ७७ औं मिनेटमा पालमरले व्यक्तिगत दोस्रो गोल गर्दा ५-० को अग्रता कायम भयो ।

घरेलु मैदानमा चेल्सीले उपहार गोल मार्फत अग्रता लिएको थियो भने १५औं मिनेटमा जोनाथन हाउसनले आफ्नै पोस्टमा गोल गरेपछि चेल्सीले अग्रता लियो । २९ औं मिनेटमा इन्जो फर्नान्डेजले गोल गर्दै चेल्सीलाई २-० ले अघि बढाए ।

त्यसैगरी, ८१ औं मिनेटमा चुकुवुनोन्सो मडुकेले टिमका लागि छैटौं गोल गरे । ८८ औं मिनेटमा मोर्गन रोजरले १ गोल फर्काए पनि मिडिल्सबर्गलाई त्यो मात्रै पर्याप्त गोल भएन । चेल्सीले उपाधिका लागि लिभरपुल र फुलह्यामबीचको विजेतासँग खेल्ने छ भने पहिलो लेगमा लिभरपुल २-१ गोल अन्तरले विजयी भएको थियो । आज राति दोस्रो लेगको खेल हुने छ ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?