Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

चेल्सी लिग कप फुटबलको फाइनलमा


काठमाडौं। चेल्सी लिग कप (कारबाओ) को फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति मिडिल्सबर्गमाथि चेल्सीले ६-१ गोल अन्तरको पराजित गरेको थियो भने पहिलो लेगमा १-० ले पराजित भएको चेल्सीले दोस्रो लेगमा सानदार जितका साथ फाइनलमा स्थान बनायो । समग्रमा चेल्सी ६-२ गोलको जित निकाल्न सफल भयो ।

त्यस्तै, ३६औं मिनेटमा एक्सल डिसासीले गोल गर्दै पहिलो हाफमै फराकिलो अग्रतातर्फ उन्मुख गराए । ४२औं मिनेटमा कोल पालमरले गोल गरेपछि चेल्सीले पहिलो हाफमै ४-० को सहज अवस्था बनाएको थियो भने ७७ औं मिनेटमा पालमरले व्यक्तिगत दोस्रो गोल गर्दा ५-० को अग्रता कायम भयो ।

घरेलु मैदानमा चेल्सीले उपहार गोल मार्फत अग्रता लिएको थियो भने १५औं मिनेटमा जोनाथन हाउसनले आफ्नै पोस्टमा गोल गरेपछि चेल्सीले अग्रता लियो । २९ औं मिनेटमा इन्जो फर्नान्डेजले गोल गर्दै चेल्सीलाई २-० ले अघि बढाए ।

त्यसैगरी, ८१ औं मिनेटमा चुकुवुनोन्सो मडुकेले टिमका लागि छैटौं गोल गरे । ८८ औं मिनेटमा मोर्गन रोजरले १ गोल फर्काए पनि मिडिल्सबर्गलाई त्यो मात्रै पर्याप्त गोल भएन । चेल्सीले उपाधिका लागि लिभरपुल र फुलह्यामबीचको विजेतासँग खेल्ने छ भने पहिलो लेगमा लिभरपुल २-१ गोल अन्तरले विजयी भएको थियो । आज राति दोस्रो लेगको खेल हुने छ ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?