Trending
>>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

एंगोल र बुर्किना फासो अफ्रिका कपको अन्तिम १६ मा


काठमाडौं। एंगोला र बुर्किना फासोले अफ्रिका कप अफ नेशन्समा समूह डीबाट अन्तिम १६ मा स्थान पक्का गरेका छन् । समूह चरणको अन्तिम खेलमा एंगोलाले बुर्किना फासोलाई २-० गोल अन्तरको जित निकाल्दै अन्तिम १६ मा शीर्ष २ स्थानमा रहेर प्रवेश गर्न सफल भए ।

मंगलबार राति एंगोलाले बुर्किना फासोविरुद्ध ३६ औं मिनेटमा अग्रता लिएको थियो भने क्रिष्टोभा माबुलोले गोल गर्दै अग्रता दिलाएका थिए । एम्बोरसिनी एन्टोनियोलो दोस्रो हाफको अतिरिक्त दोस्रो मिनेटमा गोल गर्दै एंगोलालाई २-० को सहज जित दिलाए ।

अर्को खेलमा मौरिटेनियाले अलजेरियालाई १-० ले पराजित गर्दै ३ अंकमात्रै जोडेपछि बुर्किना फासो ४ अंकका साथ अन्तिम १६ मा प्रवेश गर्न सफल भयो । मौरिटेनियाको पनि उत्कृष्ट तेस्रो हुँदै नकआउट चरणमा पुग्ने सम्भावना बाँकी राखेको छ,तर अन्य समूहको नतिजा भने कुर्नुपर्ने छ ।

यही समूहमा रहेको मौरिटेनियाले अल्जेरियालाई १-० ले स्तब्ध बनाएको छ । मौरिटेनियाका लागि मोहम्मद देलाहीले गरेको ३७ औं मिनेटमा गरेको एक मात्र गोल नै निर्णायक बन्न पुग्यो ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?