Trending
>>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

ब्ल्याकमेलिङ गर्ने युवतीलाई ६ महिना जेल सजाय


काठमाडौं। पुरुषसँग नजिकिएर एकान्तमा बोलाउने र बलात्कार मुद्दामा फसाइदिने भन्दै ‘ब्ल्याकमेलिङ’ गर्ने एक युवतीलाई ६ महिना जेल सजाय भएको छ । उक्त जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठ नगरपालिका-६ घर भएकी देवी थापालाई दोषी ठहर गर्दै ६ महिना कैद र पाँच हजार जरिवानाको फैसला गरेको हो ।

त्यसैगरी, विभिन्न व्यक्तिसँग नजिकिने, एकान्तमा भेट्न बोलाउने र पछि ब्ल्याकमेलिङ गरेको उजुरी युवतीविरुद्ध थियो । एक ठेकेदार, प्रहरी कर्मचारी तथा सहकारीका कर्मचारीलाई उनले ब्ल्याकमेलिङ गरेकी थिइन् भने एक व्यक्तिविरुद्ध भने जबर्जस्तीकरणी मुद्दामा जाहेरी नै दिएर पक्राउ गराएकी थिइन् ।

त्यस्तै, थापाविरुद्ध दुई वर्षअघि दायर भएको आपराधिक लाभको एक मुद्दामा सोमबार न्यायाधीश श्यामलाल घिमिरेको इजलासले कैद र जरिवानासँगै उनीबाट पीडित पुरुषलाई सात लाख क्षतिपूर्ति भराउन समेत आदेश दिएको छ । युवतीका सहयोगी ललितपुर महालक्ष्मी नगरपालिका-५ का सुदर्शन सापकोटालाई सात दिन कैद र एक हजार जरिवानाको फैसला सुनाइएको छ ।

प्रहरीकै एक कनिष्ट अधिकृतलगायत व्यक्तिले थापाविरुद्ध उजुरी दिएका थिए । उक्त जिल्ला प्रहरी परिसर, काठमाडौंले ६ मंसिर ०७८ मा थापा र सापकोटालाई पक्राउ गरी मुद्दा चलाएको थियो  भने व्यक्तिगत लेनदेनको पैसा फिर्ता माग्दा थापाले बलात्कार मुद्दामा फसाइदिने भन्दै ब्ल्याकमेलिङ गरेको पुष्टि भएको भन्दै प्रहरीले मुद्दा दायर गरेको थियो ।

 


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?