Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

वायु प्रदूषणका कारण हालसम्म ४२ हजार एक सय जनाको मृत्यु


काठमाडौं। नेपालमा वायु प्रदूषणले स्वास्थ्य समस्या हुँदा हालसम्म ४२ हजार एक सय जनाको मृत्यु भएको छ ।

त्यस्तै, काठमाडौंमा मात्रै ५ हजार ८० जनाको वायु प्रदूषणका कारणले मृत्यु भएको तथ्यांक रहेको छ भने वायु प्रदूषणका कारणले विश्वभर ७० लाख जनाको मृत्यु भएको डब्लुएचओले उल्लेख गरेको छ । काठमाडौं उपत्यकाको भू–बनौट कचौरा आकारको भएको एवं यहाँको द्रुत सहरीकरणले गर्दा काठमाडौं उपत्यका वायु प्रदूषणको उच्च जोखिममा छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) अनुसार वायु प्रदूषणका कारणले दीर्घाकालीन फोक्सोको रोग, मस्तिष्कघात, मुटुरोग, तल्लो श्वासप्रश्वास प्रणालीको संक्रमण लगायत समस्याका कारणले ४२ हजार १ सय जनाको मृत्यु भएको हो ।

काठमाडौंमा गाडीको उत्सर्जन, फोहोर बाल्ने, इँटा उद्योग, घर भित्रको वायु प्रदूषण, निमार्णका कार्य लगायत कारणले हुने गरेको पाइएको छ भने डब्लुएचओले वायु प्रदूषणलाई विश्वकै प्रमुख वातावरणीय जोखिमको रूपमा लिएको छ ।

विश्व स्वास्थ्य संगठनको अनुसार काठमाडौंको वायुमा पी.एम् २.५ (२.५ माइक्रोनभन्दा साना कण)  को वार्षिक औसत मात्रा विश्व स्वास्थ्य संगठनको निर्दिष्ट मान्यताभन्दा १० गुणा बढी छ ।


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?