Trending
>>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

वायु प्रदूषणका कारण हालसम्म ४२ हजार एक सय जनाको मृत्यु


काठमाडौं। नेपालमा वायु प्रदूषणले स्वास्थ्य समस्या हुँदा हालसम्म ४२ हजार एक सय जनाको मृत्यु भएको छ ।

त्यस्तै, काठमाडौंमा मात्रै ५ हजार ८० जनाको वायु प्रदूषणका कारणले मृत्यु भएको तथ्यांक रहेको छ भने वायु प्रदूषणका कारणले विश्वभर ७० लाख जनाको मृत्यु भएको डब्लुएचओले उल्लेख गरेको छ । काठमाडौं उपत्यकाको भू–बनौट कचौरा आकारको भएको एवं यहाँको द्रुत सहरीकरणले गर्दा काठमाडौं उपत्यका वायु प्रदूषणको उच्च जोखिममा छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) अनुसार वायु प्रदूषणका कारणले दीर्घाकालीन फोक्सोको रोग, मस्तिष्कघात, मुटुरोग, तल्लो श्वासप्रश्वास प्रणालीको संक्रमण लगायत समस्याका कारणले ४२ हजार १ सय जनाको मृत्यु भएको हो ।

काठमाडौंमा गाडीको उत्सर्जन, फोहोर बाल्ने, इँटा उद्योग, घर भित्रको वायु प्रदूषण, निमार्णका कार्य लगायत कारणले हुने गरेको पाइएको छ भने डब्लुएचओले वायु प्रदूषणलाई विश्वकै प्रमुख वातावरणीय जोखिमको रूपमा लिएको छ ।

विश्व स्वास्थ्य संगठनको अनुसार काठमाडौंको वायुमा पी.एम् २.५ (२.५ माइक्रोनभन्दा साना कण)  को वार्षिक औसत मात्रा विश्व स्वास्थ्य संगठनको निर्दिष्ट मान्यताभन्दा १० गुणा बढी छ ।


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?