Trending
>>   बढ्यो पेट्रोल र डिजेलको मूल्य >>   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर,हेर्नुहोस कुन देश को कति ? >>   बसले थिच्दा सशस्त्र प्रहरी इन्सपेक्टरको मृत्यु >>   कस्तो रहला आज देशभरको मौसम ? >>   पन्चैबाजा संरक्षणमा आमा समूह >>   आज २०८१ साल पौष १७ गते बुधबार ,हेर्नुहोस आजको राशिफल >>   मधेसको राजनीतिमा निष्ठाको आवश्यकता छः सांसद सिंह >>   बालविवाह न्युनिकरणका लागि तीनै तहको सरकारको सहकार्य जरुरी: मन्त्री राई >>   भन्सार प्रणालीलाई नयाँ प्रविधिमैत्री बनाउने गरी ऐन बनाउनुपर्छः पूर्वअर्थमन्त्री महत >>   भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाइ र लगानी आकर्षित गर्न सरकारले नयाँ भन्सार ऐन ल्याएको होः अर्थमन्त्री…
Logo
१७ पुष २०८१, बुधबार
१७ पुष २०८१, बुधबार

चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान व्यवस्थापनको काम सुरु


चितवन। चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान व्यवस्थापनको काम सुरु गरिएको छ । निकुञ्जभित्रका वन्यजन्तुलाई आहाराका लागि यो समयमा घाँसेमैदान व्यवस्थापनको काम गर्ने गरिन्छ ।

उक्त निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले विनियोजन गरेको बजेट र तराई भू–परिधि कार्यक्रम (ताल) को बजेटबाट घाँसेमैदान र पानीका तलाउको व्यवस्थापनको काम भइरहेको छ भने सो निकुञ्जले तीन सय ७० हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापन गर्न रु ४० लाख ७० हजारमा बोलपत्र आह्वान गरी काम सुरु गराएको छ ।

त्यस्तै, तिवारीका अनुसार लामिताल, सुखिभार र भिम्ले क्षेत्र तथा आसपासमा घाँसेमैदानको व्यवस्थापन गरिँदै छ । उक्त तालको सहयोगमा भिम्ले क्षेत्रमा रु सात लाखको लागतमा घाँसेमैदानको काम गरिएको छ भने पदमपुर क्षेत्रमा तालकै सहयोगमा घाँसेमैदान व्यवस्थापनका लागि रु ४० लाखको ठेक्का लगाइएको उनले जानकारी दिए ।

तिवारीका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोषले पनि तीन सय हेक्टर जमिनमा घाँसेमैदान व्यवस्थापनको काम गरिरहेको छ । थप एक सय हेक्टरमा घाँसेमैदान व्यवस्थापनको काम गर्ने जनाइएको छ भने विगतका वर्षहरुमा घाँसेमैदान व्यवस्थापनमा धेरै लगानी गरिने भएको भए पनि पछिल्ला वर्षहरुमा बजेट निकै कम विनियोजन गर्ने गरिएको छ ।

त्यस्तै, घाँसेमैदान व्यवस्थापन गर्दा ठूला ढड्डीहरु फाँडेर नयाँ घाँसलाई मुना पलाउन सहज बनाइन्छ । अधिकांश ठाउँमा ट्र्याक्टरको प्रयोग गरिन्छ भने ट्र्याक्टर नजाने ठाउँमा मानिसले मात्रै काम गर्ने गरिन्छ । निकुञ्जभित्र १० हजार हेक्टर हाराहारी घाँसेमैदान छ । त्यसमध्ये हरेक वर्ष एक हजार हेक्टर क्षेत्रफल हाराहारी घाँसेमैदान व्यवस्थापन हुँदै आएको छ ।

तिवारीका अनुसार एक वर्षमा रु चार करोडसम्म घाँसेमैदान निर्माण र व्यवस्थापनमा खर्च गर्ने गरिएको थियो । पछिल्ला वर्षहरुमा क्रमशः बजेट कम हुँदै आएर निकै न्यून मात्र छुट्याउन थालिएको छ भने यसबाट प्रत्यक्ष रुपमा गैँडा लगायतका विचरण गर्ने वन्यजन्तु र बाघका आहारा प्रजाति प्रभावित भएका छन् ।

उक्त निकुञ्जको बजेटबाट रु छ लाखको लागतमा ध्रुव क्षेत्रमा दुई तलाउ निर्माण गरिएको छ । त्यसैगरी लामितालमा रु पाँच लाख खर्च गरेर तालको मर्मतसम्भार गरिएको छ भने सो तालको सहयोगमा पानी पोखरीको सरसफाइ र व्यवस्थापनका लागि रु २५ लाखको ठेक्का लगाइएको छ । तालकै सहयोगमा पदमपोखरी क्षेत्रमा पोखरी व्यवस्थापनका लागि रु २० लाखको काम सुरु गरिएको छ ।

उक्त निकुञ्जमा गरिएको पछिल्लो गणनाअनुसार वयस्क पाटेबाघ एक सय २८ रहेका छन् । दुर्लभ एकसिङ्गे गैँडाको सङ्ख्या छ सय ९४ रहेको थियो । सन् २०२१ मा गैँडा गणना गरिएको थियो भने सन् २०२२ मा बाघ गणना गरिएको थियो भने गैँडा र बाघका लागि यो निकुञ्ज प्रख्यात रहेको छ ।


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?