Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

क्रियाशील सदस्यता खारेज गर्न कांग्रेसका कास्की सभापतिको प्रस्ताव


काठमाडौं। नेपाली कांग्रेसको कास्की जिल्ला सभापति किशोरदत्त बरालले जिल्ला सम्मेलनमा क्रियाशील सदस्यता खारेजीको प्रस्ताव सहित राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

मंगलबार सुरु भएको सम्मेलनमा उनले क्रियाशील सदस्यको नवीकरण नगर्ने बरु खारेज गर्ने प्रस्ताव गरेका हुन् । हाम्रो अध्ययन र अनुभवले के देखाएको छ भने हामीले क्रियाशील सदस्यहरू नेपाली काङ्ग्रेसका लागि होइन, आफ्ना लागि बनाएका छौँ । यस कार्यमा नेताहरू मात्रै दोषी हुनुहुन्न हामीहरू पनि दोषी छौँ’, बरालको प्रस्ताव छ, ‘यसैले अब हामीहरूले अनुशासन, मर्यादा, मूल्य, योगदान र क्षमतामा आधारित भएर नयाँ क्रियाशील सदस्यता वितरण गर्नु पर्दछ र नयाँ क्रियाशील सदस्यहरूबाट विभिन्न तहका समितिहरूको निर्वाचन गर्नु पर्दछ ।’

बरालले एउटै पदमा धेरै पदाधिकारी रहने व्यवस्था पनि खारेज गर्नुपर्ने प्रस्ताव गरेका छन् भने सभापति शेरबहादुर देउवा पनि सहभागी सम्मेलनमा उनले पार्टीमा उमेरको बहस होइन विचारको बहस हुनुपर्ने धारणा राखेका छन् ।

त्यस्तै, सभापति बरालले सङ्घीयताको औचित्यमाथि छलफल र बहस गर्न पनि प्रस्ताव गरेका छन् । ‘हामीले कसरी सङ्घीयता स्थापनाको औचित्यतालाई पुष्टि गर्न सक्छौँ होला रु नागरिकको सामाजिक, आर्थिक जीवनमा देखिने परिवर्तन नै विकास हो, तर सङ्घीयता पछाडिका दिनहरूमा यो अवस्था कहीँकतै पनि देखिएको छैन,’ बरालले प्रतिवेदनमा भनेका छन् ।

क्षेत्रफल र जनसङ्ख्याको हिसाबले यति सानो देशलाई किन ७ प्रदेशमा बाँडेको भन्दै उनले प्रश्न गरेका छन् ।


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?