Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

नेपालगञ्जमा सुर्तीजन्य पदार्थको नियमन गरिँदै


राँझा,बाँके। नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने भएको छ ।

आगामी २०८१ वैशाख १ गतेदेखि उपमहानगरपालिकाको सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ पूर्णरूपमा निषेध गर्ने गरी तयारी सुरु गरिएको नगरप्रमुख प्रशान्त विष्टले जानकारी दिएका छन् ।

“उपमहानगरपालिकाको कार्यपालिका बैठकबाटै १ वैशाख २०८१ देखि नगर क्षेत्रभित्र सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको उपभोग तथा बिक्री–वितरण पूर्णरूपमा निषेध गर्ने गरी तयारी गर्ने निर्णय भइसकेको छ”, नगरप्रमुख विष्टले भने, “त्यसलाई कार्यान्वयनका लागि सरोकारवाला निकायसँग छलफलका साथै आवश्यक तयारी सुरु गरिएको छ ।”

त्यस्तै, सरोकारवाला निकायसँगको बैठकले सुर्तीजन्य पदार्थबाट हुने हानि–नोक्सानीबारे विभिन्न माध्यमबाट पालिकाभर व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, उपमहानगरपालिका कार्यालयसँगै वडा कार्यालय र नगरभित्रका सम्पूर्ण कार्यालयमा सुर्तीजन्य पदार्थको उपभोग तथा वितरणमा निषेध गर्ने गरी सचेतनामूलक सूचनापाटी टाँस गर्ने एवं सुर्तीजन्य पदार्थको उत्पादन र बिक्री–वितरण गर्ने निकाय एवं व्यवसायीको तथ्याङ्क सङ्कलन गर्ने निर्णय गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले बताए ।

“वैशाख १ देखि नगरको सार्वजनिकस्थल सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गर्ने निर्णय भएको छ, त्यसको सुरुआत उपमहानगरपालिका कार्यालयबाटै गर्छौं”, प्रमुख प्रशासकीय अधिकृत खड्काले भने, “प्रभावकारी कार्यान्वयनका लागि सचेतना प्रवद्र्धनसँगै तयारी अभियान सुरु गर्दैछौँ ।”

सरोकारवाला निकायसँगको छलफलमा नेपाल सरकारका उपसचिव पुष्कर नेपालले सङ्घीय ऐनमा सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रणका विषयमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकारले तदारुकता देखाउन आवश्यक रहेको बताए ।

उनले स्थानीय सरकारले जनतालाई रोग लागिसकेपछि उपचारका लागि आर्थिक सहयोग दिनेभन्दा जनतालाई रोग लाग्नै नदिन सुर्तीजन्य पदार्थ प्रयोग तथा बिक्री वितरणमै रोक लगाउनु बुद्धिमानी हुने उल्लेख गरेका छन् ।


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?