Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

धनुषा प्रशासनले दियो सकुम्बासी बस्तीका १० जनालाई नागरिकता


काठमाडौं। जिल्ला प्रशासन कार्यालय धनुषाले सकुम्बासी मुसहर बस्तीका १० जनालाई एकसाथ नागरिकता प्रदान गरेको छ ।

त्यस्तै, अशिक्षा गरिबीको कारण लामो समयदेखि नागरिकताबाट वञ्चित क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियाका सुकुमबासी बस्तीका मुसहरहरूलाई प्रशासनले नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले जानकारी दिएका छन् ।

त्यसैगरी, सबभन्दा बढी ४८ वर्षको उमेरमा मोतीलाल सदालगायत अनिता कुमारी सदा, इन्द्र रेखा सदा, विनीता कुमारी सदा, लरुवती देवी सदा, सरिता सदा, रामबाबु सदा, दीपेन्द्र सदाले नागरिकता पाएका हुन् ।

केही दिनअघि सो बस्तीनजिक एक कार्यक्रममा जाँदा सकुम्बासी बस्तीका उनीहरू लामोसमयदेखि नागरिकता नपाएको, कार्यालयमा गए पनि कागजी प्रक्रिया पूरा गर्न नसक्दा वञ्चित रहेको गुनासोपछि कार्यालयमै बोलाएर नागरिकता प्रदान गरेको प्रजिअ पाण्डे बताएका छन् ।

उनका अनुसार यसरी १५ जनाले नागरिकताको लागि कागजात पेस गर्दा कानुनी प्रक्रिया पूरा गरी १० जनालाई प्रदान गरिएको छ ।


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?