Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

भारतमा राम मन्दिरः देउवा र साउदले दिए मोदीलाई बधाई


काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतको अयोध्यामा राम मन्दिर उद्घाटन गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

उनीहरूको सद्गुण र आदर्शले मानवताको सेवामा डोर्‍याएको उनले उल्लेख गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो भारत उत्तर प्रदेशको अयोध्यामा राम मन्दिरको उद्घाटन गर्दै श्रीराम प्राण प्रतिष्ठा समारोहको आयोजना गरेका थिए ।

‘जय श्रीराम’ भन्दै उनले सामाजिक सञ्जाल एक्समार्फत मन्दिरमा गरिएको श्रीरामको प्राण प्रतिष्ठा समारोह सनातन धर्म अनुयायीहरुका लागि गर्वको क्षण रहेको उल्लेख गरेका छन् । त्यस्तै, परराष्ट्र मन्त्री एनपी साउदले पनि श्रीरामको प्राण प्रतिष्ठा समारोहले सम्पूर्ण सनातन हिन्दु धर्मावलम्बीहरुका लागि गर्वको कुरा रहेको उल्लेख गरेका छन् । मर्यादा पुरुषोत्तम श्रीराम र नेपालकी छोरी सीता साहस, त्याग, न्याय र धार्मिकताका प्रतीक रहेको उल्लेख गर्दै मन्त्री साउदले दुई देश बिच यो सम्बन्ध गहिरो सांस्कृतिक र सभ्यताको प्रतीक रहेको बताएका छन् ।

 


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?