Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

चीनको मध्यस्थतापछि पाकिस्तान र इरान राजदूत पुनर्बहाली गर्न सहमति


इस्लामाबाद। पाकिस्तान र इरानबिच राजदूत पुनर्बहालीका विषयमा सहमति भएको छ । पाकिस्तानको विदेश मन्त्रालयले सोमबार सो जानकारी दिएको हो ।

त्यस्तै समाचार एजेन्सी पीटीआईका अनुसार, विदेश मन्त्रालयले एक विज्ञप्तिमा इरानका विदेश मन्त्री हुसेन अमिर अब्दुल्लाहियानले पाकिस्तानी समकक्ष जलील अब्बास जिलानीको निमन्त्रणामा जनवरी २९ मा पाकिस्तानको भ्रमण गर्ने बताएको छ। गत हप्ता इरानले पाकिस्तानी भूभागमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो । यसपछि पाकिस्तानले जवाफी कारबाही गर्दै इरानी भूमिमा मिसाइल हमला गरेको थियो । जसका कारण दुई देशबिचको सम्बन्धमा तनाव बढेको देखिएको थियो ।

पाकिस्तानको बलुचिस्तान प्रान्तमा इरानले आक्रमण गरेपछि तनाव उत्पन्न भएको हो । इरानले पाकिस्तानको चरमपन्थी संगठन जैश अल-अदलको अड्डाहरूमा यी आक्रमणहरू गरेको बताएको छ। यसपछि पाकिस्तानले इरानको सिस्तान बलुचिस्तान क्षेत्रमा आक्रमण गरेको थियो । यस आक्रमणमा नौ जनाको मृत्यु भएको थियो ।

त्यसैगरी, विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, पाकिस्तान र इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्रीहरूबिच भएको फोन वार्तापछि दुवै पक्षले एकअर्काका देशका राजदूतहरूलाई पुनर्बहाली गर्ने निर्णय गरेका छन्। चीनका उपविदेशमन्त्री सुन वेइडोङ मध्यस्थताका लागि पाकिस्तान गएका बेला यो घटनाक्रम भएको हो ।

चीनले सोमबार इरान र पाकिस्तानसँग आफ्नो मतभेद समाधान गर्न सम्पर्कमा रहेको बताएको थियो ।


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?