Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

चीनको मध्यस्थतापछि पाकिस्तान र इरान राजदूत पुनर्बहाली गर्न सहमति


इस्लामाबाद। पाकिस्तान र इरानबिच राजदूत पुनर्बहालीका विषयमा सहमति भएको छ । पाकिस्तानको विदेश मन्त्रालयले सोमबार सो जानकारी दिएको हो ।

त्यस्तै समाचार एजेन्सी पीटीआईका अनुसार, विदेश मन्त्रालयले एक विज्ञप्तिमा इरानका विदेश मन्त्री हुसेन अमिर अब्दुल्लाहियानले पाकिस्तानी समकक्ष जलील अब्बास जिलानीको निमन्त्रणामा जनवरी २९ मा पाकिस्तानको भ्रमण गर्ने बताएको छ। गत हप्ता इरानले पाकिस्तानी भूभागमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो । यसपछि पाकिस्तानले जवाफी कारबाही गर्दै इरानी भूमिमा मिसाइल हमला गरेको थियो । जसका कारण दुई देशबिचको सम्बन्धमा तनाव बढेको देखिएको थियो ।

पाकिस्तानको बलुचिस्तान प्रान्तमा इरानले आक्रमण गरेपछि तनाव उत्पन्न भएको हो । इरानले पाकिस्तानको चरमपन्थी संगठन जैश अल-अदलको अड्डाहरूमा यी आक्रमणहरू गरेको बताएको छ। यसपछि पाकिस्तानले इरानको सिस्तान बलुचिस्तान क्षेत्रमा आक्रमण गरेको थियो । यस आक्रमणमा नौ जनाको मृत्यु भएको थियो ।

त्यसैगरी, विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, पाकिस्तान र इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्रीहरूबिच भएको फोन वार्तापछि दुवै पक्षले एकअर्काका देशका राजदूतहरूलाई पुनर्बहाली गर्ने निर्णय गरेका छन्। चीनका उपविदेशमन्त्री सुन वेइडोङ मध्यस्थताका लागि पाकिस्तान गएका बेला यो घटनाक्रम भएको हो ।

चीनले सोमबार इरान र पाकिस्तानसँग आफ्नो मतभेद समाधान गर्न सम्पर्कमा रहेको बताएको थियो ।


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?