Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

सिमेन्ट उत्पादनलाई पर्यावरणमैत्री बनाउन समझदारी पत्रमा हस्ताक्षर


काठमाडौं। सिमेन्ट उद्योगमार्फत हुने कार्वन उत्सर्जनको मात्रालाई रोक्दै नेपालमा सञ्चालित सिमेन्ट उद्योगमार्फत पर्यावरणीय भविष्य खोज्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । खानी तथा भूगर्भ विभाग र सिमेन्ट उत्पादक सङ्घले भारतको टेक्नोलोजी एण्ड एक्सन फर रुरल एडभान्समेन्टसँग नेपालमा चुनढुङ्गा क्याल्साइन माटोको प्रविधि प्रयोग गरी सिमेन्ट उत्पादन गर्नेसम्बन्धी समझदारीपत्रमा सोमबार साँझ हस्ताक्षर गरेको हो ।

त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्वय मुकुन्दप्रसाद निरौला र नारायणप्रसाद शर्मा दुवाडीको उपस्थितिमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे, सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापा र टेक्नोलोजी एण्ड एक्सन फर रुरल एडभान्समेन्टका उपाध्यक्ष सौमेन माइतेबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

चुनढुङ्गा क्याल्साइन माटोको प्रयोगमार्फत सिमेन्ट उत्पादन गर्दा कार्वन उत्सर्जनमा ४० प्रतिशत कमी आउनुका साथै कोइलाको खपतमा समेत कमी आउने खानी विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताएका छन् । उक्त प्रविधिलाई स्वीस सरकार विकास सहयोग ९एसडिसी० ले सहयोग गरेको छ ।

उक्त कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव निरौलाले चुनढुङ्गाको प्रयोगमार्फत सिमेन्ट उत्पादन गर्दा त्यसबाट निस्कने कार्वनले वातावरणमा नराम्रो प्रभाव पारेको भन्दै त्यसलाई कमी गर्न नयाँ प्रविधिले सहयोग पुग्ने विश्वास व्यक्त गरे। उक्त प्रविधिमार्फत सिमेन्ट उत्पादन गर्दा चुनढुङ्गाको प्रयोगमा समेत कमी आउने उनको भनाइ रहेको थियो ।

सो मन्त्रालयका अर्का सचिव दुवाडीले नयाँ प्रविधिमार्फत सिमेन्ट उत्पादन गर्दा मुलुकको अर्थतन्त्रमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले वातावरणीय सिमेन्ट उत्पादनका लागि सम्झौतामात्र नभई यसलाई कार्यान्वयनमा लैजान सके देशको सिमेन्ट उद्योगलाई सहयोग पुग्ने बताएका छन् ।

उक्त विभागका सिनियर जियोलोजिष्ट नारायण बाँस्कोटाले सन् २०१३ मा स्वीजरल्याण्डमा सुरु गरिएको उक्त प्रविधिलाई भर्खरै नेपालमा भित्र्याउन लागिएको बताए । उक्त प्रविधिमार्फत सिमेन्ट उत्पादन गर्नसके कोइला आयातमा बर्सेनि बाहिरिने ठूलो रकम समेत बचत हुने देखिन्छ ।


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?