Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

इलाम गोल्डकपः आज अन्तिम क्वार्टरफाइनल खेल


काठमाडौं। इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलमा जारी इलाम गोल्डकपमा आज मंगलबार अन्तिम क्वार्टरफाइनल हुँदै छ ।

उक्त प्रतियोगिताको अन्तिम चार समूहमा छनोट हुने लक्ष्यसाथ आजको खेलमा पाँचथर युवा क्लब र बुटवलको लुम्बिनी युवा क्लबले प्रतिस्पर्धा गर्दै छन् । यसअघि हिजो भएको खेलमा विजयी बन्दै न्युरोड टिम ९एनआरटी० सेमिफाइनल प्रवेश गरिसकेको छ ।

त्यस्तै, झापाको बिर्तामोड युनाइटेड एफसी र आयोजक रेडहर्स सेमिफाइनलमा पुगिसकेका छन् भने आजको विजेताले झापा युनाइटेडसँग माघ ११ मा सेमिफाइनल खेल्नेछ । आयोजक र एनआरटीको सेमिफाइनल भिडन्त भोलि हुनेछ । माघ १३ गते हुने फाइनलको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

उक्त प्रतियोगितामा भारतको दार्जिलिङसहित आठवटा टिमको सहभागिता छ भने नेपालका ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) काठमाडौंसहित बुटवल लुम्बिनी, पाँचथर फुटबल क्लब, विर्तामोड युनाइटेड झापा सहभागी छन् ।

त्यसैगरी, राष्ट्रिय जागृति क्लब इटहरी, बाग्मती युवा क्लब सर्लाही, आयोजक रेड हर्स फुटबल क्लब र विदेशी टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ सहभागी छन् भने उपबिजेताले तीन लाख रुपैयाँ पाउने जनाइएको छ ।

त्यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, डिफेन्डर, मिड फिल्डर र उदीयमान खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएका छन् ।


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?