Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

एकै खेलमा मयन यादव र नरेन भट्टले बनाए शतक


काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा सोमबार एकै खेलमा दुई शतक प्रहार भएको छ। त्यस्तै, कीर्तिपुरस्थित त्रिवि मैदानमा मधेस र सुदूरपश्चिम प्रदेशबीचको खेलमा दुवै टिमका ब्याटरले शतक प्रहार गरेका हुन्।

टस जिते पहिले ब्याटिङ गरेको मधेसका मयन यादवले ११५ रन बनाए । त्यस्तै, राष्ट्रिय प्रतियोगितामा पहिलो शतक प्रहार गर्ने क्रममा उनले १२८ बलमा ८ चौका २ छक्का प्रहार गरे।

त्यस्तै, मयनको शतकसँगै मधेशसले ९ विकेटको क्षतिमा ३१९ रन जोड्यो। ३२० रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमका नरेन भट्टले शतक प्रहार गरेका छन् भने उनले १०८ बलमा शतक प्रहार गर्ने क्रममा १२ चौका प्रहार गरे।

जारी प्रधानमन्त्री कपमा यससँगै सात शतक प्रहार भइसकेको छ।


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?