Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

लगातार चौथो जितसँगै पुलिस शीर्ष स्थानमा, ललितले लिए ५ विकेट


भैरहवा। प्रधानमन्त्री कप क्रिकेटमा लगातार चौथो जित हात पार्दै नेपाल पुलिस क्लब अंक तालिकको शीर्ष स्थानमा उक्लिएको छ ।

उक्त प्रतियोगितामा अपराजित रहेको पुलिसले भैरहवामा भएको खेलमा एपीएफ क्लबलाई ५८ रनले हराएको हो । त्यस्तै, जितका लागि १४६ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफ ३४ ओभरमा ८७ रनमा अलआउट भयो भने ४० रनमा ७ विकेट गुमाएको एपीएफका सन्दीप जोरा २५ रनमा नट आउट रहे पनि उनलाई साथ दिने ब्याटर भएनन् । अमर रौतेला २३ रनमा आउट भए । रौतेला र जोराले आठौं विकेटक लागि ४३ रनको साझेदारी गरे ।

त्यस्तै, एपीएफलाई हराउन उत्कृष्ट बलिङ गरेका ललित राजवंशीले ५ विकेट लिए। ८ ओभर बलिङ गरेका उनले ४ मेडन राख्दै ८ रन मात्र दिएका थिए । रशिद खानले २ तथा सागर ढकालले १ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरे पुलिस ४१ ओभरमा १४५ रनमा अलआउट भएको थियो ।

पुलिसका लागि ओपनर दीलिप नाथले सर्वाधिक ४४ रन बनाए भने अर्जुन साउदले ३१ रनको योगदान गरे । एपीएफका भुवन कार्कीले ३ तथा रमेश कुर्मी र अमर रौतेलाले समान २ विकेट लिए ।

 


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?