Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

लगातार चौथो जितसँगै पुलिस शीर्ष स्थानमा, ललितले लिए ५ विकेट


भैरहवा। प्रधानमन्त्री कप क्रिकेटमा लगातार चौथो जित हात पार्दै नेपाल पुलिस क्लब अंक तालिकको शीर्ष स्थानमा उक्लिएको छ ।

उक्त प्रतियोगितामा अपराजित रहेको पुलिसले भैरहवामा भएको खेलमा एपीएफ क्लबलाई ५८ रनले हराएको हो । त्यस्तै, जितका लागि १४६ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफ ३४ ओभरमा ८७ रनमा अलआउट भयो भने ४० रनमा ७ विकेट गुमाएको एपीएफका सन्दीप जोरा २५ रनमा नट आउट रहे पनि उनलाई साथ दिने ब्याटर भएनन् । अमर रौतेला २३ रनमा आउट भए । रौतेला र जोराले आठौं विकेटक लागि ४३ रनको साझेदारी गरे ।

त्यस्तै, एपीएफलाई हराउन उत्कृष्ट बलिङ गरेका ललित राजवंशीले ५ विकेट लिए। ८ ओभर बलिङ गरेका उनले ४ मेडन राख्दै ८ रन मात्र दिएका थिए । रशिद खानले २ तथा सागर ढकालले १ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरे पुलिस ४१ ओभरमा १४५ रनमा अलआउट भएको थियो ।

पुलिसका लागि ओपनर दीलिप नाथले सर्वाधिक ४४ रन बनाए भने अर्जुन साउदले ३१ रनको योगदान गरे । एपीएफका भुवन कार्कीले ३ तथा रमेश कुर्मी र अमर रौतेलाले समान २ विकेट लिए ।

 


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?