Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

चलचित्र विकास बोर्डलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण


काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले लण्डनको कार्यक्रमलाई लिएर चलचित्र विकास बोर्डलाई स्पष्टीकरण सोधेको छ । लण्डनमा आयोजना हुन लागेको कार्यक्रममा चलचित्र विकास बोर्डको सहभागिता रोक्न निर्देशनको माग गर्दै सदस्य केएल बुढाथोकीले मन्त्रालयमा उजुरी दिएका छन् ।

उक्त कार्यक्रममा बोर्ड अध्यक्ष भुवन केसी र अन्य पदाधिकारीको सहभागिता रोक्न उनले माग गरेका छन् । यो उजुरीउपर मन्त्रालयले विकास बोर्डलाई आइतबार पत्र लेख्दै यसबारे भएको के हो खुलाएर जवाफ दिन भनेको छ भने सो मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले यसबारे स्पष्ट पारिदिनु भन्दै बोर्डलाई पत्र लेखेको र जवाफ अब बोर्डले दिनुपर्नेछ ।

त्यस्तै, बुढाथोकीले मन्त्रालयमा पेश गरेको पत्रमा कार्यक्रमको आयोजक संस्था इन्टरनेसनल डेल्फिक काउन्सिल नेपालको आर्थिक पारदर्शिता र उद्देश्यमाथि प्रश्न उठाएका छन् । उक्त संस्थाले ‘नेपाली चलचित्रको ६ दशक, चुनौतीहरू र अन्तर्राष्ट्रिय बजारको खोजी’ नामक कार्यक्रम लण्डनमा माघ ६ देखि ११ गतेसम्म गर्ने जनाइएको पत्रमा उल्लेख छ ।


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?