Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

देशका विभिन्न स्थानमा तीन जना मृत फेला


काठमाडौं। देशका विभिन्न स्थानमा तीन जना मृत फेला परेका छन् । सुनसरी, डोटी र झापा जिल्लामा उनीहरू मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको हो ।

सुनसरीको धरान उपमहानगरपालिका-६ पानमारी किशानचोकस्थित नालीमा सोही उपमहानगरपालिका-६ शिवालय टोल बस्ने ६४ वर्षीय सन्चवीर लिम्बु आइतबार मृत अवस्थामा फेला परेका छन् भने डोटीको बडिकेदार गाउँपालिका२ असुरा बस्ने २२ वर्षीय राजीव मास्की मगर सोही गाउँपालिका९३ स्थित पातलको भिर तल आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका-६ बिहानीटोलमा हाल नाम, थर, वतन नखुलेका ५० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?