Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जनाको मृत्यु


काठमाडौं। पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका दुर्घटनाहरूमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका-५ खेरुवास्थित सडकमा को.१८ प ६२८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-२ बस्ने १८ वर्षीय जेनिस राईको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, लमजुङको दोर्दी गाउँपालिका-४ सिमल बिसौनीस्थित सडकमा ग.१ ज ७५६१ नम्बरको बोलेरो आइतबार साँझ दुर्घटना हुँदा बोलेरोमा सवार सोही गाउँपालिका-४ बासबोट बस्ने ४५ वर्षीय पूर्णबहादुर तामाङको मृत्यु भएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको लमजुङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।सो दुर्घटनामा घाइते भएका बोलेरोमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी तनहुँको देवघाट गाउँपालिका-२ कोटबैदी भोक्टेनीस्थित सडकमा ग.१ ख ४१८१ नम्बरको मिनी ट्रक सडक देखि करिब ५ सय मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा ट्रकमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा देबघाट गाउँपालिका-३ दगारा बस्ने ६५ वर्षीय नर बहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेका छन् भने सो दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै, रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-३ लंकापुरस्थित सडकमा लु.५८ प २७२८ नम्बरको मोटरसाइकल र युपि ५५ एएन १११२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएका लु.५८ प २७२८ नम्बरको मोटरसाइकल चालक कपिलबस्तु शुद्धोधन गाउँपालिका-५ बस्ने ४५ वर्षीय शिव शंकर यादव र युपि ५५ एएन १११२ नम्बरको मोटरसाइकल चालक भारत सिद्धार्थनगर ग्राम कक्रहवा बस्ने ३० वर्षीय जय प्रकाश गुप्ताको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै कास्कीको पोखरा महानगरपालिका-११ काहुँस्थित सडकमा ग.१३ प ६४२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही महानगरपालिका-१३ कमलपोखरी बस्ने १६ वर्षीय सन्तोष रोक्का मगरको मृत्यु भएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै दाङको लमही नगरपालिका-९ झ्वाडीस्थित सडकमा प्र.३-०१-००५ ख ९७१९ नम्बरको बस अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा बसमा सवार बर्दिया गेरूवा गाउँपालिका-१ थापापुर बस्ने ३६ वर्षीय भीम नाथ योगी र बर्दिया मधुवन नगरपालिका बस्ने युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक समेत २ जनालाई उपचारको लागि नर्सिङ होम नेपालगन्ज बाँके पठाइएको छ ।

पाल्पाको रम्भा गाउँपालिका-१ भुमरस्थित सडकमा ग.१४ प ३७५ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा चालक रम्भा गाउँपालिका-१ असर्दी बस्ने २८ वर्षीय हेमन्त जिटीको घटनास्थलमै मृत्यु भएको छ ।

त्यस्तै, कैलालीको घोडाघोडी नगरपालिका-२ पाण्डेचोकस्थित सडकमा ना.४ ख १३६५ नम्बरको टिपर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा टिपरमा सवार बाँके कोहलपुर नगरपालिका-७ बस्ने २४ वर्षीय दिन दयाल थारुको मृत्यु भएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा घाइते भएका टिपर चालकको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

त्यसैगरी धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-४ फेचहा मोडस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक महोत्तरी एकडारा गाउँपालिका-४ हलखोरी बस्ने सिताराम मुखियाको छोरा २५ वर्षीय किशन मुखियाको मृत्यु भएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?