Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

प्रधानमन्त्री कपः रिजन ढकालको उत्कृष्ट बलिङसँगै कर्णाली ७८ रनमा अल आउट


काठमाडौं। रिजन ढकालको उत्कृष्ट बलिङमा बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ७८ रनमा अल आउट गरेको छ भने माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कर्णाली २४.२ ओभरमा ७८ रनमा अल आउट भयो ।

त्यसैगरी, कर्णालीका विकेटकिपर अर्जुन घर्तीले १९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २३ रन बनाए । निश्चल रावल ४१ बलमा ३ चौकासहित १३ रनमा आउट भए भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यस्तै, ओपनर रविन्द्र शाही ३, दीपेन्द्र रावत १, विपिन शाही ६, आदित्य शाह १ र हिमान्शु शाही ६ रनमा आउट भए । बागमतीका रिजन ढकालले ७ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिए भने कृर्जन गुरुङले २, प्रतिश जि.सी, सूर्य तामाङ र विपिन आचार्यले १–१ विकेट लिए ।


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?