Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

त्रिवि उपकुलपति कप आजदेखि, भलिबलमा २७ क्याम्पसले प्रतिस्पर्धा गर्ने


काठमाडौं। त्रिवि उपकुलपति कप आजदेखि सुरु हुँदै छ । उक्त प्रतियोगिताको आज एक समारोहकाबीच ललितपुरको जावलाखेलमा उद्घाटन हुन लागेको हो ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको आयोजनामा हुने यो प्रतियोगिता ११ गतेसम्म सञ्चालन हुनेछ भने ११ गतेसम्म चल्ने सो प्रतियोगितामा भलिबलसहित बास्केटबल, एथ्लेटिक्स, ब्याडमिन्टन र टेबलटेनिस गरी ५ खेलको प्रतिस्पर्धा हुनेछ ।

आजै जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भलिबलका खेल सुरु हुनेछन् । त्यसअघि उद्घाटन समारोह हुनेछ । बास्केटबल खेलहरु आजदेखि नै सुरु हुनेछन् र ११ गते फाइनल हुनेछ भने बास्केटबलका खेलहरु कीर्तिपुर नगरपालिकाको कभर्डहलमा हुनेछ ।

उक्त खेलको शनिबार आयोजकले टाइसिट सार्वजनिक गरिसकेको छ । जसमा भलिबलतर्फ त्रिविअन्तर्गत रहेका देशका विभिन्न स्थानका २७ क्याम्पसले नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरी बास्केटबलमा १९ टोली सहभागी छन् । जसलाई ८ समूहमा विभाजन गरिएको छ । ५ समूहमा २/२ तथा ३ समूहमा तीनरतीन टोली समावेश गरिएको छ भने यसमा लिग चरणको खेलपछि प्रिक्वाटरफाइनल खेल हुनेछ ।

त्यसैगरी, ब्याडमिन्टनमा महिला सिंगल्स, पुरुष सिंगल्स, महिला डबल्स र पुरुष डबल्समा प्रतिस्पर्धा हुनेछ । ब्याडमिन्टन प्रतियोगिता त्रिभुवन विश्वविद्यालय, स्मृतिभवन हुनेछ। यस्तै टेबलटेनिसमा महिला सिंगल्स र पुरुष डबल्स गरी दुई विधामा मात्र खेल हुनेछ भने टेबल टेनिस प्रतियोगिता त्रिभुवन विश्वविद्यालय खेल विज्ञान भवन (पुरानो विद्यार्थी क्लव, त्रिवि सेवा आयोग अगाडि) हुनेछ ।

एथलेटिक्स प्रतियोगिता भने त्रिपुरेश्वरस्थित दशरथ रंगशाला माघ १० गते बिहान ८ बजेदेखि हुने हुनेछ । एथ्लेटिक्समा सबैभन्दा धेरै खेलाडी सहभागी छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यही माघ चौथो साता युनिभर्सिटी कप खेलकुद आयोजना गर्न लागेको छ । त्यसैको तयारी स्वरुप विभिन्न क्याम्पसबाटै खेलाडीहरुको प्रतिभा पहिचान गर्ने उदेश्यले त्रिविले विभिन्न खेलको प्रतियोगिता गर्न लागेको हो ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?