Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

त्रिवि उपकुलपति कप आजदेखि, भलिबलमा २७ क्याम्पसले प्रतिस्पर्धा गर्ने


काठमाडौं। त्रिवि उपकुलपति कप आजदेखि सुरु हुँदै छ । उक्त प्रतियोगिताको आज एक समारोहकाबीच ललितपुरको जावलाखेलमा उद्घाटन हुन लागेको हो ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको आयोजनामा हुने यो प्रतियोगिता ११ गतेसम्म सञ्चालन हुनेछ भने ११ गतेसम्म चल्ने सो प्रतियोगितामा भलिबलसहित बास्केटबल, एथ्लेटिक्स, ब्याडमिन्टन र टेबलटेनिस गरी ५ खेलको प्रतिस्पर्धा हुनेछ ।

आजै जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भलिबलका खेल सुरु हुनेछन् । त्यसअघि उद्घाटन समारोह हुनेछ । बास्केटबल खेलहरु आजदेखि नै सुरु हुनेछन् र ११ गते फाइनल हुनेछ भने बास्केटबलका खेलहरु कीर्तिपुर नगरपालिकाको कभर्डहलमा हुनेछ ।

उक्त खेलको शनिबार आयोजकले टाइसिट सार्वजनिक गरिसकेको छ । जसमा भलिबलतर्फ त्रिविअन्तर्गत रहेका देशका विभिन्न स्थानका २७ क्याम्पसले नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरी बास्केटबलमा १९ टोली सहभागी छन् । जसलाई ८ समूहमा विभाजन गरिएको छ । ५ समूहमा २/२ तथा ३ समूहमा तीनरतीन टोली समावेश गरिएको छ भने यसमा लिग चरणको खेलपछि प्रिक्वाटरफाइनल खेल हुनेछ ।

त्यसैगरी, ब्याडमिन्टनमा महिला सिंगल्स, पुरुष सिंगल्स, महिला डबल्स र पुरुष डबल्समा प्रतिस्पर्धा हुनेछ । ब्याडमिन्टन प्रतियोगिता त्रिभुवन विश्वविद्यालय, स्मृतिभवन हुनेछ। यस्तै टेबलटेनिसमा महिला सिंगल्स र पुरुष डबल्स गरी दुई विधामा मात्र खेल हुनेछ भने टेबल टेनिस प्रतियोगिता त्रिभुवन विश्वविद्यालय खेल विज्ञान भवन (पुरानो विद्यार्थी क्लव, त्रिवि सेवा आयोग अगाडि) हुनेछ ।

एथलेटिक्स प्रतियोगिता भने त्रिपुरेश्वरस्थित दशरथ रंगशाला माघ १० गते बिहान ८ बजेदेखि हुने हुनेछ । एथ्लेटिक्समा सबैभन्दा धेरै खेलाडी सहभागी छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यही माघ चौथो साता युनिभर्सिटी कप खेलकुद आयोजना गर्न लागेको छ । त्यसैको तयारी स्वरुप विभिन्न क्याम्पसबाटै खेलाडीहरुको प्रतिभा पहिचान गर्ने उदेश्यले त्रिविले विभिन्न खेलको प्रतियोगिता गर्न लागेको हो ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?