Trending
>>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे >>   देशको सामु धेरै ठूला चुनौतिहरु खडा भएका छन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल >>   वैदेशिक रोजगार पलायन होइनः श्रम सचिव डा. पुस्कर >>   कालोसूचिका प्रावधानमा रिभ्यु गर्दैछौँ, भ्रष्टाचार भएको भए क्षम्य हुँदैनः गभर्नर पौडेल >>   १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने >>   मानव अधिकार महाभेला सोमवारदेखि >>   सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि >>   १३ औं एनएसए कप पौडीमा आर्मी च्याम्पियन
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

अब आन्दोलनको विकल्प छैनः सीके राउत


काठमाडौं। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले आन्दोलनका लागि तयार हुनुपर्ने बताएका छन् । अधिकार अझै नपाएको भन्दै आन्दोलनका लागि तयार हुनुपर्ने बताएका हुन् ।

‘मेचीदेखि महाकालीसम्म २२-२४ जिल्लाको समग्र मधेश एक प्रदेशका लागि आन्दोलन भएको थियो’, अध्यक्ष डा. राउतले भने, ‘तर ८ जिल्लामा सीमित गरियो ।’ उनले हरेक ठाउँमा विभेद कायम रहेको र जनमत पार्टी मात्र विरोध गर्दै आएको बताएका छन् ।

सिरहाको लहानस्थित शहिद रमेश महतोको शालिकमा माल्यार्पण र श्रद्धाजली दिँदै उनले भने, ‘रमेश महतो सहादत दिएको १७ वर्ष बित्यो । संघीयता आयो । तर अधिकार पाएनौँ । विभेद पनि कायमै छ । त्यसैले जनमत पार्टी संघर्षका लागि तयार छ । मधेशी जनता पनि तयार हुनुपर्छ ।’

त्यस्तै, डा. राउतले न्यायाधीश नियुक्ति र राष्ट्रियसभामा उम्मेदवार चयनमा समेत विभेद गरिएको बताए । मधेशबाट भोट लिने तर मधेशीलाई कतै ठाउँ नदिने दलहरूको प्रवृत्ति देखिएको उनको भनाइ रहेको छ । उनले भने, ‘न्यायाधीश नियुक्तिको पनि हामीले विरोध गरेका छौँ । राष्ट्रिय सभामा पनि उम्मेदवार उठाएका छौँ । अब आन्दोलनको विकल्प छैन ।


प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?