Trending
>>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी >>   विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला >>   कैद भुक्तानपछि दीपक मनाङे जेलमुक्त >>   काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु (तस्बिरसहित) >>   अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय भन्दा बढी इरानी सर्वसाधारणको मृत्यु >>   प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी >>   समाजमा कुष्ठरोगलाई हेर्ने दृष्टिकोण अझै नकरात्मकः कानूनमन्त्री सिन्हा >>   समानुपातिकतर्फको सिट बाँडफाँड कसरी हुन्छ ? यस्तो छ निर्वाचन आयोगले प्रयोग गर्ने ‘सेन्ट लग’ विधि >>   एनआरएनएको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता शुरु >>   जमानत जफत हुनेमा २,८९० उम्मेदवार , ३५० जनाले एक भोट पनि पाएनन्
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

अब आन्दोलनको विकल्प छैनः सीके राउत


काठमाडौं। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले आन्दोलनका लागि तयार हुनुपर्ने बताएका छन् । अधिकार अझै नपाएको भन्दै आन्दोलनका लागि तयार हुनुपर्ने बताएका हुन् ।

‘मेचीदेखि महाकालीसम्म २२-२४ जिल्लाको समग्र मधेश एक प्रदेशका लागि आन्दोलन भएको थियो’, अध्यक्ष डा. राउतले भने, ‘तर ८ जिल्लामा सीमित गरियो ।’ उनले हरेक ठाउँमा विभेद कायम रहेको र जनमत पार्टी मात्र विरोध गर्दै आएको बताएका छन् ।

सिरहाको लहानस्थित शहिद रमेश महतोको शालिकमा माल्यार्पण र श्रद्धाजली दिँदै उनले भने, ‘रमेश महतो सहादत दिएको १७ वर्ष बित्यो । संघीयता आयो । तर अधिकार पाएनौँ । विभेद पनि कायमै छ । त्यसैले जनमत पार्टी संघर्षका लागि तयार छ । मधेशी जनता पनि तयार हुनुपर्छ ।’

त्यस्तै, डा. राउतले न्यायाधीश नियुक्ति र राष्ट्रियसभामा उम्मेदवार चयनमा समेत विभेद गरिएको बताए । मधेशबाट भोट लिने तर मधेशीलाई कतै ठाउँ नदिने दलहरूको प्रवृत्ति देखिएको उनको भनाइ रहेको छ । उनले भने, ‘न्यायाधीश नियुक्तिको पनि हामीले विरोध गरेका छौँ । राष्ट्रिय सभामा पनि उम्मेदवार उठाएका छौँ । अब आन्दोलनको विकल्प छैन ।


प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?