Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

केन्द्रीय परिषद् बैठकमा सहभागी हुनुअघि अनिवार्य सदस्यता नवीकरण गर्न निर्देशन


काठमाडौं। नेकपा एकीकृत समाजवादीले केन्द्रीय परिषद् बैठकमा सहभागी हुने नेताहरूले दुई बुँदे निर्देशन जारी गरेको छ । माघ १४ र १५ गते हुने परिषद् बैठकमा सहभागी हुने नेताहरूलाई महासचिव घनश्याम भुसालले निर्देशन जारी गरेका हुन् ।

उक्त बैठकमा सहभागी हुन आउनेको पार्टी सदस्यता अनिवार्य रूपमा नवीकरण हुनुपर्ने र बैठकमा सहभागिताको लागि केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी लगायतका समयमा नै आफ्नो-आफ्नो कार्य क्षेत्रका केन्द्रीय परिषद् सदस्यहरूलाई परिषद् बैठकबारे जानकारी गराउन पनि भनिएको छ ।

सो बैठकले पार्टीको विधानलाई पूर्णता दिने तयारी गरेको छ भने केन्द्रीय समितिको बैठकको निर्णयअनुसार अहिले विधानलाई पार्टीको तल्लो कमिटीमा छलफलको लागि पठाएको छ ।


प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?